लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सरकार अपराधमुक्त समाज निर्माणमा लागेको छः गृहमन्त्री श्रेष्ठ

 उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमुक्त समाज निर्माणको अभियानमा सरकार लागेको बताएका छन् ।

‘ज्यापु जातिको उत्थान, नेपाल राष्ट्रको निर्माण’ भन्ने मुल नारासहित आज काठमाडौँको टुँडिखेलमा आयोजित ज्यापु महागुठीको एकीकृत राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा गृहमन्त्री श्रेष्ठले समृद्धिका लागि सुशासन, सुशासनका लागि भ्रष्टाचार र अपराधमुक्त समाज निर्माणको अभियानमा सरकार लागेको बताएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार गर्नेविरुद्धको कारबाही प्रक्रियाबाट सरकार पछि नहट्ने र दलाल पुँजीको सट्टा राष्ट्रिय पुँजीको प्रवद्र्धन गरिने बताए ।

उनले नेपालको राजनीतिक परिवर्तनमा ज्यापु समुदायको अमूल्य योगदान रहेको पनि बताए । “सङ्घीयता र समावेशीसहित मुलुक यहाँ आइपुग्नुमा ज्यापु समुदायको ठूलो योगदान छ, ०४६ सालको आन्दोलन होस् कि ०६२/६३ को आन्दोलन, ज्यापु समुदायले आफूलाई अग्रणी र निर्णायक सावित गरेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

काठमाडौँको आन्दोलनमा आजका ज्यापु महागुठीका अध्यक्ष राजभाइ महर्जनको घरमा बसेर कार्यक्रम बनाइएको समेत उनले स्मरण गरे । उनले ज्यापु र हरेक समुदायले चाहेजस्तै व्यवस्थासँगै जनताको जीवनस्तर परिवर्तनको चुनौती बाँकी रहेकाले वर्तमान सरकार समृद्धिको मूल प्राथमिकतासहित अगाडि बढेको बताए ।

उनले सामाजिक विविधताभित्रको एकतामा विग्रह फैलाउने काम हुनसक्नेतर्फ सचेत हुँदै अगाडि बढ्नुपर्ने र ज्यापुजस्तो किसान, श्रमिक र लोक संस्कृतिको संरक्षक समुदायले राष्ट्रको विकासमा अझै प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।



 


प्रकाशित : २०८० भाद्र २३, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप