लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार, ठाकुरबाबा नगरपालिकामा शोक बिदा

बेतहनी सामुदायिक वन उपभोक्ता समूहका सात सदस्यको सडक दुर्घटनामा मृत्यु भएपछि बर्दियाको ठाकुरबाबा नगरपालिकाले आइतबार शोक बिदा दिएको छ ।

भ्रमणबाट फर्किँदै गरेको बस शुक्रबार साँझ बाँकेको शमशेरगञ्जमा दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिकाका ६ जनासहित ७ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका-९ का ५ जना र वडा नम्बर ७ का एक जना छन् । दुर्घटनामा ठाकुरबाबा नगरपालिका-९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६५ वर्षीय चानुराम थारू, बसका चालक ठाकुरबाबा-८ का ५५ वर्षीय जुगबहादुर चन्द र सहचालक बारबार्दिया नगरपालिका-७ का ३४ वर्षीय बसन्त कार्कीको मृत्यु भएको थियो ।

दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगञ्जमा किराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको थियो । ‘सिंगो गाउँपालिका शोकमा छ । त्यसैले नगरपालिकाले आज शोक दिएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिए ।


प्रकाशित : २०८० भाद्र २४, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप