लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बेइजिङमा एमाले महासचिव शंकर पोखरेलले उठाए चुच्चे नक्साको विषय

नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ ।

सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता भएको हो । भेटवार्तामा महासचिव पोखरेलले १८१६ को सुगौली सन्धीको मर्मअनुसार नेपालको नक्सा सांसदबाट पास गरेर औपचारिक रूपमा जारी गरेको जानकारी गराएका छन् ।

चुच्चे नक्साका कारण दबाब र अप्ठ्याराहरूको पनि सामना गर्नु परेको भन्दै पोखरेलले जारी नक्साका सन्दर्भमा सोही अनुसार आफूहरूले चीनको पनि साथ चाहेको बताएका छन् ।

‘हामी चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहन्छौँ । हामी एक चीनको पक्षमा दृढ छौँ । नेपालको भूमिबाट चीन विरोधी गतिविधि गर्ने कामलाई अस्वीकार गर्छौ ।’, पोखरेलले भने ।

त्यस्तै उनले नेकपा (एमाले) असंलग्न परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको समेत बताए । भेटका क्रममा चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाओले एक चीन नीतिमा दृढ रहेकोमा एमाले र महासविच पोखेरेललार्ई धन्यवाद दिएका छन् ।


प्रकाशित : २०८० भाद्र २५, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप