काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको शव राजकीय सम्मानका साथ निकाल्ने तयारी भएको छ ।
राजकीय सम्मानको निर्णय गर्न केहीबेरमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको एक मन्त्रीले जनाएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अस्पताल पुगेर शवलाई पार्टी कार्यालय नलैजान आग्रह गरेका थिए ।
सरकारले राजकीय सम्मान दिने तयारी गरेपछि नेम्वाङको पार्थिव शरिर शिक्षण अस्पताल महाराजगञ्जमै राखिएको छ ।
उनको शवलाई नेकपा एमाले परिवारले शिक्षण अस्पतालबाट निकालेर पार्टी कार्यालय च्यासल लैजाने तयारी गरेका थिए । तर सरकारले नै राजकीय सम्मानका साथ शव निकाल्ने भएपछि अहिले शव अस्पतालमै छ ।
प्रकाशित : २०८० भाद्र २६, मंगलवार : प्रकाशित


समाचार


