लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

“वनजङ्गल नोक्सानीले वातावरणको बिग्रिदाे अवस्थालाई सुधार्न कानूनी र प्रशासनिक कदम” विषयक अन्तरक्रिया कार्यक्रम भब्यताका साथ सम्पन्न

हाम्रो कानूनी तथा सामाजिक विकास केन्द्र (LSDC) को पहिलो वार्षिक उत्सवको अवसरमा आयोजित “वनजङ्गल नोक्सानीले वातावरणको बिग्रिदाे अवस्थालाई सुधार्न कानूनी र प्रशासनिक कदम” विषयक अन्तरक्रिया कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। LSDC का अध्यक्ष श्री गणेश कुमार डाँगीले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय कृष्ण कुमार वि .सी हुनुहुन्थ्यो। बिशेष अतिथि कर्णाली प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव श्रीमान डा. विनोद प्रसाद देवकोटा, साथै कानुन उपसचिव निधिराज न्यौपाने हुनुहुन्थ्यो।

केन्द्रीय, उच्च र जिल्ला बार, राष्ट्रीय मानव अधिकार आयोग,मध्यपश्चिम विश्वविद्यालय, UNDP, गैर सरकारी संस्था महासंघ, समुदायिक वन उपभोक्ता महासंघ, पत्रकार महासंघ,लगायत थुप्रै विभिन्न संस्था र निकायको प्रतिनिधित्व गर्दै करीब ६० भन्दा बढी प्राज्ञिक तथा विशिष्ट व्यक्तिहरू अतिथि हुनुहुन्थ्यो भने, +2 र स्नातक तहमा कानुन अध्ययनरत २०० भन्दा बढी कानुनका विद्यार्थीहरु सहभागी थिए । कार्यक्रममा माथि उल्लेखित अन्तर्क्रियाको विषयबस्तुमा कानुनी दृष्टिकोणबाट मध्यपश्चिम विश्वविद्यालयका सहप्राध्यापक विनय कुमार झाँ ले कानुनी दृष्टिकोणबाट, वन तथा वातावरण मन्त्रालयका कानून अधिकृत खगेन्द्र कुमार खत्रीले प्रशासनिक भूमिका र मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक उपेन्द्र बहादुर विक ले नागरिक समाजको भूमिकाको दृष्टिकोणबाट छुट्टाछुटै बिशेष पेपर प्रस्तुती राख्नु भएको थियो भने कार्यक्रममा उपस्थित अतिथिहरुले प्रतिनिधिमूलक रूपमा साथै बिशेष अतिथिहरु र प्रमुख अतिथि ज्युले टिप्पणी सहितको मन्तव्य राख्नु भएको थियो। यसै कार्यक्रममा संस्थापक समितिलाई सम्मानपत्र सहित सम्मान पनि गरिएको थियो र बिशेष पेपर प्रस्तुतकर्ता र अतिथि , बिशेष अतिथिहरु र प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो।

संस्थाका सचिव श्री सबिन रोकायाले सञ्चालन गरेको कार्यक्रमलाई अन्त्यमा, सस्थाका अध्यक्ष श्री गणेश कुमार डाँगीले धन्यवाद मन्तव्य सँगै कार्यक्रमलाई औपचारिक रूपमा विसर्जन गर्नुभएको थियो।


प्रकाशित : २०८० माघ १२, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप