लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

निगमले बढायो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मुल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मुल्य बढाएको छ । निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको मुल्य बढाएको जानकारी दिएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटरमा चार रूपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटरमा २ रूपैयाँ तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर १५ रूपैयाँ बढाएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मुल्य तोकेको जनाएको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ ५३ पैसा, डिजेलमा दुई रूपैयाँ ३२ पैसा र ग्यास प्रतिसिलिन्डर १५ रूपैयाँ ७८ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ ।

मुल्य बढेपछि काठमाडौंमा अब पेट्रोलको मुल्य १७० रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल १५८ रूपैयाँ पर्नेछ । त्यस्तै खाना पकाउने ग्यासको मुल्य भने देशभर १ हजार ९ सय १० रूपैयाँ भएको छ ।

 


प्रकाशित : २०८० माघ १७, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप