लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

काका पक्राउ परेपछि सीआईबी पुगे राष्ट्रपतिका सल्लाहकार थापा

बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी सरकारी जग्गा हडपेको प्रकरणमा पक्राउ परेका अजितनारायण थापालाई भेट्न राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थापा बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका काका अजितनारायण थापालाई भेट्न पुगेका हुन्।

बाँसबारीको सरकारी जग्गा हिनामिना प्रकरणमा व्यापारी अरुण चौधरी र थापालाई पक्राउ गरेर सीआईबीले अदालतमा उपस्थित गराइसकेको छ।

बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा निजी कम्पनीमा लैजाने गरी निर्णय गर्दा थापा तत्कालीन अवस्थामा कार्यकारी प्रमुख थिए।

धनकुटाको मुगा घर भएका अजित सुनिलका काका हुन्। उनै काकालाई भेट्न पुगेका सल्लाहकार थापा त्यत्तिकै फर्किएका छन्।

थापाले काकालाई भेट्न गए पनि सीआईबीले अदालत लगिसकेकाले भेट सम्भव नभएको बताएका छन्।

जग्गा हिनामिना प्रकरणमा प्रहरीले बिहीबार अपरान्ह थप एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर रहेका छन्।


प्रकाशित : २०८० माघ १८, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप