लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

इजरायली आक्रमणमा १७ प्यालेस्टिनीको मृत्यु

मध्य गाजापट्टीको नुसिरात शरणार्थी शिरिमा एक घरमा इजराइलले पुनः गरेको हवाई आक्रमणमा कम्तीमा १७ प्यालेस्टिनी मारिएको र अन्य ३४ जना घाइते भएको स्थानीय चिकित्सा स्रोतले बताएको छ ।

स्रोतले उद्धार प्रयास जारी रहेको र हताहत हुनेमा महिला र बालबालिका पनि रहेको बताएको छ । पीडितहरूलाई देइर अल–बलाह सहरको अल–अक्सा शहीद अस्पतालमा सारिएको छ ।

प्रत्यक्षदर्शीहरूले एक इजराइली युद्धक विमानले धेरै विस्थापित परिवारलाई आश्रय दिइरहेको घरमा अनेकौँ मिसाइल प्रहार गरेको बताएका छन् । ठूलो विस्फोटबाट भवन ध्वस्त भएको र शिविरको पश्चिमी भागमा छिमेकीको घरमा गम्भीर क्षति पुगेको छ ।

यसैबीच हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै गाजापट्टीमा इजराइली आक्रमणमा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या बढेर २९ हजार तीन सय १३ पुगेको र ६९ हजार तीन सय ३३ जना घाइते भएको जनाएको छ ।


प्रकाशित : २०८० फाल्गुन १०, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप