विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद भएको झण्डै ६१ केजी सुन र विद्युतीय चुरोट (भेप)मार्फत भित्रिएको सुन तस्करी सम्बन्धमा छानबिन आयोगले दोषी ठहर भएकाहरू प्रहरीको उच्च निगरानीमा परेका छन् ।
आयोगले दोषी ठहर गरेकाहरू भाग्ने आशंकामा बिहीवारदेखि नै प्रहरीले विशेष निगरानी गरिरहेको सुरक्षा स्रोतले जानकारी दियो ।
‘सुन तस्करीमा जोडिएकाहरू नभागुन् भनेर हिजैदेखि प्रहरीलाई अलर्ट राखिएको छ’, गृह स्रोतले भन्यो ।
उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको आयोगले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा लगायतलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ ।
प्रतिवेदन कार्यान्वयनबारे निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
आयोगले अध्यागमन विभागका पूर्व महानिर्देशक झलकराम अधिकारी लगायतलाई कारबाहीको सिफारिस गरेको छ ।
आयोगले विभागीय कारबाही सिफारिस गरेपछि सीआईबी प्रमुख किरण बज्राचार्यको जिम्मेवारी खोस्ने तयारी पनि सरकारले गरेको छ ।


समाचार


