लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

बन्दुक लाइसेन्स लिएर देशभर ३६ हजारले बोक्छन्

प्रमुख जिल्ला अधिकारी (प्रजिअ)बाट अनुमति पत्र (लाइसेन्स) लिएर प्रयोगमा रहेका हतियार (बन्दुक)को विवरण गृह मन्त्रालयले सङ्कलन गरिरहेको छ ।

चैत ६ मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारीहरूलाई इजाजत पत्र दिइएको हतियारको विवरण २४ घण्टाभित्र पठाउन निर्देशन दिएका थिए । तर, बुधवारसम्ममा ६२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले मात्र लिखित रूपमा हतियारको विवरण मन्त्रालयमा पठाएका छन् । १५ वटा जिल्लाबाट विवरण आउने प्रक्रियामा रहेको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

राज्य व्यवस्था तथा सुशासन समितिमा बुधवार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कानुनले दिएभन्दा बढी अधिकार प्रदान गरिएकाबारे छानबिन गरिने बताए । समितिमा उनले भने, ‘हतियारको विवरण मागेर छानबिन गरिरहेका छौँ ।’

गृह मन्त्रालयका एक जना उच्च अधिकृतका अनुसार देशभर इजाजत पत्र प्राप्त ३६ हजार हतियार छन् । मेडिकल व्यवसायी प्रसाईँका दुई जना व्यक्तिगत सुरक्षा गार्ड चैत ५ मा सर्वोच्च अदालत परिसरबाट जर्मन स्पोर्ट गन ‘जिएसजी–५’ सहित पक्राउ परेका थिए । स्वचालित हतियार जिएसजी–५ सहित दीपक खड्का  र राज कुमार धिमाल पक्राउ परेपछि मन्त्री लामिछानेले त्यसबारे छानबिन सुरु गरेका हुन् ।

हातहतियार खरखजाना ऐन–२०१९ (संशोधित २०७४)ले दिएको अधिकार भन्दा धेरै अधिकार प्रमुख जिल्ला अधिकारीहरूले हतियार बाहकलाई प्रदान गर्ने गरेको भेटिएको छ । दुर्गा प्रसाईँले लिएको स्वचालित हतियार जिएसजी–५ लाई  इजाजत दिन मिल्दैन । तर, प्रसाईँले देशभर बोक्न पाउनेगरी इजाजत कसरी लिए भन्नेबारे प्रश्न उठेको छ । प्रमुख जिल्ला अधिकारीले निश्चित स्थानमा मात्र बोक्न पाउनेगरी इजाजत पत्र दिने व्यवस्था छ । प्रशासनले तोकिएको ठाउँभन्दा बाहेक अन्यत्र हतियार लैजानुपर्दा हरेक पटक प्रमुख जिल्ला अधिकारीसँग ‘यात्रा अनुमति’ लिनुपर्ने कानुनी व्यवस्था छ । यो प्रकरणमा छानबिन गर्न सर्वोच्च अदालतले समेत आदेश दिएको थियो ।

432745140_937168334722337_4800848965126426998_n

हतियार अनुमति लिएर नवीकरण गर्नेहरू भन्दा नगर्नेहरूको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारीहरूले पठाएको विवरणमा भेटिएको छ । गृह मन्त्रालयका एक जना अधिकृत भन्छन्, ‘नवीकरण नगर्नेहरूको सङ्ख्या धेरै छ ।’

हतियार अनुमित लिएर खरिद गरेपछि हरेक वर्ष नवीकरण गर्नुपर्छ । ५ वर्षभन्दा धेरै समय नवीकरण नगरेपछि राज्यले हतियार जफत गर्न सक्ने कानुनी व्यवस्था छ ।

कसरी दिइन्छ लाइसेन्स ?

हातहतियार खरखजाना ऐन–२०१९ को संशोधित व्यवस्था २०७४ अनुसार प्रमुख जिल्ला अधिकारीले हतियार राख्ने इजाजत दिन्छन् । हतियारको लाइसेन्स दिनुअघि जिल्ला सुरक्षा समितिबाट ‘सुरक्षा चुनौती’ विश्लेषण गरिन्छ । चुनौती देखिएमा हतियार राख्ने इजाजत दिने कानुनी व्यवस्था छ ।

प्रजिअले ‘सर्त’ राखेर हातहतियारको लाइसेन्स दिनुपर्ने गृह मन्त्रालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘हतियारको प्रकार र कुन–कुन ठाउँका बोकेर हिँड्न पाइन्छ भन्नेबारे इजाजत पत्रमा नै खुलाउनुपर्छ ।’

प्रमुख जिल्ला अधिकारीले लाइसेन्स दिएपछि पुनः वाणिज्य विभागमा गृह मन्त्रालयले हतियार खरिद इजाजतका लागी सिफारिस गर्नुपर्छ । अनि, वाणिज्यले खरिद इजाजत दिन्छ ।

हतियार खरिद गरेपछि हरेक वर्ष नवीकरण गर्नुपर्छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका सुरक्षा गार्डबाट बरामद हतियार प्रमुख जिल्ला अधिकारीको अनुमतिको आधारमा गृह मन्त्रालयले गृह मन्त्रालयले २०७४ फागुन १३ मा वाणिज्य विभागलाई ‘खरिद अनुमति’का लागी पत्राचार गरेको भेटिएको छ ।

वाणिज्य विभागको निर्णय अनुसार २०७४ फागुन १४ मा शाखा अधिकृत सुशिलराज खनालले प्रसाईँलाई हतियार खरिद अनुमतिको पत्र दिएका हुन् ।


प्रकाशित : २०८० चैत्र १४, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप