लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सुर्खेतमा इसाई धर्मावलम्बीले मनाए ईस्टर सन्डे

विश्वभरका इसाई धर्मावलम्बीले आज ईस्टर सन्डे मनाउँदै छन् । इस्टर सन्डेको अवसरमा आज सुर्खेतमा  एक र्‍यालीको आयोजना गरिएको छ । सुर्खेत जिल्लाको   विभिन्न स्थानबाट  छिन्चुमा भेला भएर सुरु भएको र्‍याली छिन्चुको  मेला डाडामा  पुगेर कार्यक्रममा परिणत भएको थियो  ।

इसाई धर्मगुरु येशुलाई क्रसमा चढाइएको ३ दिन पछि उनको शरीर पुनः जागृत भएको भन्ने विश्वासका साथ ईस्टर सन्डे मनाइन्छ । बाइबलमा उल्लेख भए अनुसार हजारौँ साल पहिला शुक्रबारको दिन येशुको यरुशलमको पहाडमा क्रसमा चढाइएको थियो । त्यसको ३ दिन पछि उनी पुनः जीवित भएका थिए । त्यस दिन आइतबार परेको थियो ।

 

 

इस्टर सन्डेलाई येशुको पुनर्जन्म भएको दिनको रूपमा पनि लिने गरिन्छ । यसरी इस्टर सन्डेमा पुनः जीवित भएका यशु थप ४० दिनसम्म बाँचेको र त्यस समय कालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ ।

आजको दिन इसाई धर्मावलम्बीले अण्डाको विशेष सजावट गरेर एक अर्कालाई उपहार स्वरूप दिन्छन्  जसलाई नयाँ जीवनको सुरुवातको रूपमा लिने गरिन्छ ।


प्रकाशित : २०८० चैत्र १८, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप