लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कोरियामा सेवा क्षेत्रको रोजगारीमा जान ३ हजार ५२८ जनाको आवेदन

काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस टपिक) उत्तीर्ण गरेका ३ हजार ५२८ जनाले रोस्टर परिवर्तन गर्न आवेदन दिएका छन् । कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्र तर्फ कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका व्यक्तिहरूले ‘सर्भिस सेक्टर’ मा रोस्टर परिवर्तन गर्न आवेदन दिएका हुन् । ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले एचडीआर सर्भिसबाट प्राप्त पत्र अनुसार २०२४ डिसेम्बर ३१ सम्म रोस्टर अवधि रहेकाहरूले कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमूलक क्षेत्रबाट सर्भिस सेक्टरका परिवर्तन गर्न सूचना प्रकाशन गरेको थियो । १४ देखि १८ वैशाखसम्म झण्डै ३५ सय जनाले यसका लागि आवेदन दिएका हुन् ।

मानव संशाधन विकास (एचआरडी) कोरियाले रोस्टर परिवर्तन गर्न सक्नेहरुको ९ हजार ४२८ जनाको नामावलीसहितको तालिका पठाएको थियो । पहिले नै रोजगारदाताले करार सम्झौता गरिसकेको वा रोस्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले अयोग्य भएमा सेवा क्षेत्र परिवर्तन गर्न भने नपाइने भनिएको छ । सेवा क्षेत्र परिवर्तन गरिए पनि रोस्टरको अवधि भने थप हुने छैन । अघिल्लो रोस्टरको बाँकी अवधि बराबर नै हुने छ ।

भाषा परीक्षा पास गरेर कोरिया जान पर्खेर बसेका हजारौं युवाहरुले आफूहरूको समस्या समाधानका लागि पहल गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्याललाई अनुरोध गरेका थिए । श्रममन्त्री अर्यालले कोरियाका सम्बन्धित निकायका पदाधिकारीसँग पटकपटक छलफल गरेका थिए । पछिल्लोपटक मन्त्री अर्यालले एचआरडी कोरिया मुख्यालयका प्रतिनिधि, एचआरडी कोरियाका नेपाल प्रतिनिधि, ईपीएस शाखा र कोरिया रिटर्नी एवम् रोस्टरमा रहेकाहरूबीच छलफल गराएका थिए । सो छलफलमा कोरिया पक्षले शीघ्र निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यसलगत्तै कोरियाली पक्षले रोस्टर परिवर्तन गर्र्ने निर्णय गरेको थियो ।

#कोरिया


प्रकाशित : २०८१ बैशाख २१, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप