लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बिवाह अघि जोकोहीले गर्नैपर्ने यी काम-कुरा, जुन धेरैले थाहा पाएकै छैनन् !

यदि तपाईको बिवाह फाइनल भइसकेको छ । इन्गेजमेन्ट वा बिवाहको मिति तय भइसकेको छ । वा बिवाहका लागि योग्य हुनुहुन्छ सोच बनाउँदै हुनुहुन्छ भने विवाह अघि केही कामहरू गर्नु धेरै महत्त्वपूर्ण छ । यो जान्नुभएन भने तपाई पछुताउनुहुनेछ । बिवाह जीवनको एक धेरै महत्त्वपूर्ण चरण हो।

यो सम्बन्धमा प्रवेश गर्न सावधानीपूर्वक निर्णय लिनु पर्छ। हतारमा गलत पार्टनर छनोटले सम्बन्ध मात्र होइन जीवन पनि बिगार्छ। यसैले हामी बिवाहको ठिक अघि के गर्ने तरिका सिकाउँदैछौं ।

बिवाह अघि आफ्नो भावी पार्टनरसँग कुरा गर्नुहोस्। एक अर्कासँग खुलेर कुरा गर्नुहोस् र तपाईको मनमा उठेका प्रश्न र चिन्ताहरूको जवाफ पाउनुहोस्। बिवाह तपाई र तपाईको जीवन साथीका लागि ठूलो अवसर हो।

भरसक बिवाहको किनमेल सँगै गर्ने योजना बनाउँनुहोस् । यो पनि एक अर्काको मनपर्ने छनोट जान्नका लागि राम्रो अवसर हो। बिहेपछि आफ्नो जीवन बिताउन चाहने साथीसँग जीवनको योजना बनाउनुहोस्। बिवाह पछि के काम गर्ने वा नगर्ने निर्णय गर्नुहोस् । कहाँ बस्ने निर्णय गर्नुहोस् । विदेश जाने की वा आफ्नो परिवारको साथमा बस्ने आफ्नो पार्टनरसँग भविष्यको योजना बारे खुलेर कुरा गर्नुहोस् । सम्बन्ध विश्वासमा आधारित हुन्छ।

बिहेअघि नै आफ्नो सम्बन्धलाई मजबुत बनाउने समय उत्तम हो । यसका लागि बिवाह अघि नै एकअर्कालाई विश्वास गर्न थाल्नुहोस्। एकअर्कालाई समय दिनुहोस् । बुझ्ने प्रयास गर्नुहोस् । यो बीचमा असहजता भए खुलेर नै कुरा गर्नुहोस् । हामी बिवाह नगरौं । त्यो समयसम्म तपाईहरुको केही बिग्रिएको हुन्न । बिवाहपछि भने धेरै विग्रिएको हुन्छ ।


प्रकाशित : २०८१ बैशाख २१, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप