लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

सगरामाथाको फोहोर ल्याउन डीजेआई ड्रोन फ्लाइकार्ट ३० को परीक्षण सुरु

सगरमाथा क्षेत्रमा जम्मा भएको फोहोर ल्याउने कार्यमा ड्रोन प्रयोग गर्न आवश्यक परीक्षण सुरु भएको छ । १७ वैशाखदेखि सुरु भएको परीक्षणमा सगरमाथाको क्याम्प १ मा रहेको फोहोर सङ्कलन गरी ड्रोनको माध्यमबाट आधारशिविरसम्म ल्याइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्‌मा छिरि शेर्पाले जानकारी दिए । 

परीक्षण सुरु भएको तीन दिनमा ड्रोनले सगरमाथाको क्याम्प १ मा रहेको ११० केजी फोहोर आधार शिविरसम्म ल्याउन सफल भएड्रोन ल्याइएर परीक्षण भइरहेको समेत उनले जनाए । यसका लागि गाउँपालिकाले गृह मन्त्रालयबाट स्वीकृति समेत लिएको थियो ।

उनका अनुसार सुरुमा ड्रोनले फोहोर ल्याउनको लागि आवश्यक पर्ने १८ केजी सामग्रीहरू आधारशिविरबाट माथि क्याम्प १ मा पुर्‍याएको थियो । त्यसै गरी परीक्षण भएको ३ दिनसम्ममा पटकपटक गरी ड्रोनले ११० केजी फोहोर आधारशिविरमा ल्याइसकेको छ । को उनले बताए । शेर्पाका अनुसार गाउँपालिकाले एक महिना अघि सगरमाथाको फोहोर सङ्कलन गर्न ड्रोनको परीक्षण गर्ने योजना बनाएको थियो । सोही अनुरूप गाउँपालिकाले ड्रोन परीक्षण गर्न एअरलिफ्ट नेपाल कम्पनीसँग मिलेर तयारी थालेको थियो । एअरलिफ्टकै माध्यमबाट चीनको डीजेआई (दा जियांग चुआंगसिन) कम्पनीबाट 

“यसका लागि डीजेआईले ‘फ्लाईकार्ट ३०’ मोडेलको दुई ओटा ड्रोन पठाएको थियो । अहिले क्याम्प १ बाट सगरमाथा आधार शिविरसम्म फोहोर ल्याउन एउटा मात्रै ड्रोनको परीक्षण भइरहेको छ,” उनी भन्छन्, “उक्त ड्रोनको क्षमता ३० केजी बोक्नसक्ने रहेछ । तर हाई अल्टिट्युडका कारण ३० केजी बोक्न सकेन, १८ केजीसम्म चाहिं मज्जाले बोक्यो ।” 

फोहोर सङ्कलनमा ड्रोनको परीक्षणका लागि प्राविधिकहरू आधारशिविर र क्याम्प १ मा बसेका छन् । उक्त कार्यमा एअरलिफ्टका ६ जना प्राविधिक, डीजेआईका एक जना प्रतिनिधि र उनीहरूको सहयोगीको रूपमा गाउँपालिकाका व्यवस्थापकहरू खटिएका छन् । प्राविधिकहरूको खानेबस्ने व्यवस्था भने गाउँपालिकाले नै मिलाइरहेको छ । 

सगरमाथामा विभिन्न खालका फोहोर छन् । जसमध्ये मुख्यतः मानव मलमूत्र ल्याउने कार्यमा ड्रोनको प्रयोग गरिने योजना गाउँपालिकाको छ । साथै गाउँपालिकाको लक्ष्य सगरमाथाको क्याम्प २ मा रहेका फोहोरहरू पनि ड्रोनको मद्दतले आधारशिविरसम्म ल्याउन सकिन्छ वा सकिंदैन भन्नेमा परीक्षण गर्नु रहेको छ । अध्यक्ष शेर्पाका अनुसार यो परीक्षण जारी सिजनभर चल्नेछ । अहिले क्याम्प १ सम्म परीक्षण चलिरहेको छ । बिस्तारै क्याम्प २ मा पनि परीक्षण सुरु हुने जानकारी उनले दिए ।  

“प्राविधिक रूपमा यो काम सम्भव छ भन्ने देखियो, तर आर्थिक रूपमा सम्भव छ कि छैन भन्ने विषयका लागि यो परीक्षणको विस्तृत रिपोर्ट बनाउँछौं,” उनी भन्छन्, “त्यसबाट यो दीर्घकालका लागि उपयोगी र किफायती हुन्छ भन्ने रह्यो भने ड्रोन किनेर आरोहण अवधिभर क्याम्प १ र क्याम्प २ मा बस्ने शेर्पाहरूलाई ड्रोन चलाउन सिकाएर फोहोर जम्मा गर्ने र ल्याउने काम गर्ने योजना छ ।”

सगरमाथा फोहोर र प्रदूषित हुँदै गएको समाचार बेला बेला आइरहन्छ । त्यसैले अहिले सगरमाथा आरोहीले आफ्नो फोहोर आफै बोक्ने नियम छ । तर यो नियम पहिला भने लागु थिएन । सगरमाथा आरोहणमा जाने आरोहीले ‘गार्बेज डिपोजिट’ मार्फत निश्चित रकम बुझाउँछन् । सोही अनुरूप अहिले प्रत्येक आरोहीले आफ्नो ८ केजी फोहोर साथमा ल्याउनुपर्ने प्रावधान बनेको छ । यदि फोहोर नल्याएमा गार्बेज डिपोजिटको रूपमा राखिएको चार हजार अमेरिकी डलर फिर्ता दिइँदैन । पछिल्लो समयमा यो नियम राम्रोसँग कार्यान्वयन भइरहेको गाउँपालिका अध्यक्ष शेर्पा बताउँछन् । उनका अनुसार सगरमाथामा अहिले धेरै फोहोर छैन । सरसफाइ अभियानहरू बेलाबेलामा सञ्चालन भएकाले पनि सगरमाथा अलि सफा भएको उनी बताउँछन् ।

“सगरमाथामा कति फोहोर जम्मा भएको छ भन्ने कुनै लेखाजोखा नै छैन,” उनी भन्छन्, “खुम्बु क्षेत्रमा फोहोरको क्षेत्रमा काम गर्ने संस्था एसपीसीसी (सगरमाथा पोलुसन कन्ट्रोल कमिटी) भन्ने संस्था छ । उनीहरूको तीन जनाको टोलीले सगरमाथाको चुचुरोसम्मै पुग्ने योजना बनाएको छ । मिडियामा आएजस्तै सगरमाथा फोहोरले भरिएको हो वा होइन भनेर उहाँहरूको टोलीले प्रत्यक्ष रूपमा निरीक्षण गरेर आउनेछ । यही हप्ता उहाँहरू जाँदै हुनुहुन्छ । त्यसपछि प्राप्त हुने रिपोर्टको आधारमा थप योजना बनाउँछौँ ।”

‘डीजेआई फ्लाइकार्ट ३०’

सगरमाथा क्षेत्रमा फोहोर ओसार्न परीक्षण भइरहेको ड्रोन ‘डीजेआई फ्लाइकार्ट ३०’ मोडेलको हो ।

चिनियाँ कम्पनी डीजेआईले बनाएको यो ड्रोन विशेषगरी सामान डेलिभरीकै लागि बनाइएको हो । यसले लामाे दुरीमा पनि भारी समानहरू बोकेर लैजान सक्छ । साथै यसले दिने सिग्नल पनि शक्तिशाली हुन्छ । यसले कार्गो मोड (सामानको बाकसलाई सुरक्षित साथ बक्समा राखेर लक गर्न मिल्ने) र विन्च मोड (डोरीमा झुन्ड्याउन मिल्ने) सपोर्ट गर्छ । परम्परागत रूपमा गरिने डेलिभरी भन्दा यो सुरक्षित र किफायती हुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यो ड्रोनले लामो दूरीमा अधिकतम ३० केजीसम्म सामान बोक्न सक्छ । सामान बोक्दा १६ किमि र सामान नबोक्दा २८ किमिसम्मको दूरी यसले पार गर्न सक्ने बताइएको छ । साथै यो ड्रोन छ हजार मिटरको अल्टिच्युडसम्म जान सक्छ भने माइनस २० देखि ४५ डिग्रीसम्म यसले काम गर्न सक्छ । यसमा हुने दुई ओटा ब्याट्री छ घण्टासम्म टिक्न सक्छन् । यसले २० किमिसम्म भिडिओ प्रसारण गर्न सक्छ । फोरजी  भिडिओ ट्रान्समिसन र डुअल अपरेटर मोडल हुने भएकोले यसलाई  फरक ठाउँमा बसेका दुई जना ड्रोन पाइलटले एकैपटक सञ्चालन गर्न सक्छन् । साथै यसमा हाइ रिजोलुसनको गिम्बल क्यामेरा छ ।

यसमा राडार, बाइनाकुलर लगायतमा उच्च किसिमको प्रविधि भएकाले विपद्को पूर्व आँकलन गरी सुरक्षित रूपमा यात्रा तय गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै यो ड्रोनले एक घण्टामा साढे पाँच किलोमिटरको यात्रा गर्न सक्छ भने यसले प्रतिघण्टा साढे तीन किमिको गतिमा बहिरहेको हावालाई धान्न सक्छ ।

१० जनवरी २०२४ मा सार्वजनिक भएको यो ड्रोनको मूल्य ४२ हजार अमेरिकी डलर रहेको छ । अहिले गाउँपालिकाले डीजेआईसँग सहकार्य गरेर निःशुल्क रूपमा परीक्षण गरिरहेको हो । यदि परीक्षणपछि काम अगाडि बढेमा डीजेआईले सहुलियत दरमा ड्रोन उपलब्ध गराउने आश्वासन दिएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । उनले भने, “गाउँपालिकाको बजेटले भ्यायो भने हामी आफै किन्छौं । नभए केन्द्र सरकार गुहार्छौं ।”


प्रकाशित : २०८१ बैशाख २१, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप