प्रधानमन्त्री पुष्पमकल दाहालले सिन्धुलीको सुनकोशी गाउँपालिकामा पुगी राष्ट्रिय गौरवमा सूचीकृत सुनकोशी-मरिन नदी स्थानान्तरण (डाइभर्सन) बहुउद्देश्यीय आयोजनामा बनाइएको १३.३ किलोमिटर लामो सुरुङ आज ब्रेक-थ्रु गरे ।
सरकारी अधिकारीहरूले प्रधानमन्त्री नै लगेर सुरुङ छिचोलेको यो आयोजना सम्पन्न भएपछि ३१.७ मेगावाट विद्युत उत्पादन हुनेछ । मधेश प्रदेशका ८ मध्ये ५ जिल्लाको एक लाख २२ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुग्नेछ ।
राष्ट्रिय गौरवमा सूचीकृत यो आयोजना बहुउद्देश्यीय (मल्टी पर्पोज) प्रकृतिको हो । बाह्रैमास बढी जलप्रवाह हुने सुनकोशी नदीको पानी सुरुङ खनेर चुरे पर्वत स्रोत भएको मरिन खोलामा पुर्याउने, त्यसरी पुर्याइएको पानीबाट बिजुली निकाल्ने र त्यसपछि सिँचाइमा उपयोग गर्ने लक्ष्य राखिएकाले यो आयोजनालाई बहुउद्देश्यीय भनिएको हो ।



समाचार


