सल्यानको दार्मा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशासकीय भवनको उद्घाटन गर्ने भएपछि पालिकाले आज सार्वजनिक बिदा दिइएको हो ।
दार्मा गाउँपालिका-३ मा रहेको पालिकाको प्रशासकीय भवनको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्दै छन् । प्रधानमन्त्रीले भवन उद्घाटन गर्ने भएपछि आज पालिकाभरि सार्वजनिक बिदा दिइएको हो ।
गाउँ कार्यपालिकाको वैशाख २२ गते बसेको बैठकले आज २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित : २०८१ बैशाख २८, शुक्रबार : प्रकाशित


समाचार


