लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

गादो लगाउँदैमा जनजाति भईदैनः मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति नहुने बताउनुभएको छ ।

आज प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्पन्न “आदिवासी जनजातिहरुको संस्कृति पहिचान गरी जगेर्ना, संरक्षण तथा प्रवर्द्धन” कार्यक्रममा मुख्यमन्त्री कँडेलले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो “जनजातिहरुको कार्यक्रममा पुरुषको भन्दा महिलाहरुको सहभागिता हुनु सकारात्मक कुरा हो । अहिले विज्ञान प्रविधीको यूगमा मानिसका हातहातमा मोबाइलको सुविधा छ तर आफ्ना भाषा संस्कृति र परम्पराहरु आफ्नै घरका सन्ततिहरुले विर्सदै गईरहेको अवस्थामा यो कार्यक्रमले आयोजना गर्नुभएकोमा म धन्यवाद दिन चाहन्छु । वास्तवमा यस्तो कार्यक्रमको स्वामित्व, पहलकदमी सरकारले लिनुपर्ने हो ।”

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको सहयोग तथा लिसार साँस्कृति समूहको समन्वयमा सम्पन कार्यक्रमको सभापतित्व नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका कार्यवहाक अध्यक्ष अशोक राजीले गर्नुभएको थियो भने सहजीकरण महासंघका सचिव भीम गुरुङ्गले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न जनजाति समूदायले आआफ्नो नृत्य प्रस्तुत गरेका थिए ।


प्रकाशित : २०८१ बैशाख २९, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप