लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

आईसीसीको वेबसाइटमार्फत निःशुल्क टी-२० विश्वकप क्रिकेट लाइभ हेर्न मिल्ने

 नेपाली राष्ट्रिय क्रिकेट टोली सम्मिलित टी–२० विश्वकप क्रिकेटको लाइभ अन्तर्राष्ट्रिय क्रिकेट संघ(आईसीसी) को टीभीमार्फत निःशुल्क हेर्न सकिने भएको छ । आगामी १ जुनदेखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसीसी टी–२० विश्वकप २०२४ मा नेपालले पनि खेल्दैछ । नेपाल दश वर्षपछि टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न लागेको हो ।

नेपाल सम्मिलित उक्त खेलको प्रत्यक्ष प्रसारण आईसीसीले आफ्नो आधिकारिक वेब टीभीमार्फत निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ । यसका लागि आईसीसीको आधिकारिक वेब पेज अथवा मोबाइल एपमा उपलब्ध टीभीमार्फत हेर्न सकिने आईसीसीले जनाएको छ ।

नेपाल टी–२० विश्वकप २०२४ मा नेपाल समूह डी मा छ । समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग ४ जुनमा अमेरिकाको ड्यालस र ११ जुनमा श्रीलंकासँग अमेरिकाको फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ । बाँकी खेल १४ जुनमा दक्षिण अफ्रिकासँग र १६ जुनमा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।

विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन् । त्यसपछि १९ देखि २४ जुनसम्म सुपर–८ हुनेछ । सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ ।


प्रकाशित : २०८१ जेष्ठ २, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप