लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कर्णाली किनारमा रमाउँदै राउटे

दुल्लु (दैलेख) । राउटे समुदाय नेपालको एकमात्र फिरन्ते र जीवनशैलीको हिसाबले लोपाेन्मुख अवस्थामा रहेको समुदाय हो ।

फिरन्ते जीवन बिताउने भए पनि सामाजिक सुरक्षा भत्तालगायत विभिन्न सरकारी सेवा सुविधाको अनुकूलताका लागि गुराँस गाउँपालिका वडा नंं ८ को अस्थायी बासिन्दाको परिचय पत्र समेत उपलब्ध कुल ४६ घरधुरी रहेको राउटे समुदायको हालको जनसङ्ख्या एक सय ३७ जनाको छ ।

जसमध्ये बालबालिकाको सङ्ख्या अधिक छ । बसाइ सर्ने क्रममा गुराँस गाउँपालिका वडा नंं १ स्थित कर्णाली नदीको किनारमा रहेको कुन्द्रा खेतमा आइपुगेको छ ।

राउटे समुदायको सामाजिकीकरणका लागि भन्दै सञ्चालित राउटे परियोजनाले राउटे समुदायको खराब बानी व्यवाहारलाई सुधार गर्दै बालबालिकाहरुलाई अक्षर सिकाउने, स्वास्थ्य उपचार गर्ने लगायत क्रियाकलाप गराउँदै अएको छ ।

राउटे समुदाय अहिले जुम्ला, कालिकोटसँगै पश्चिम दैलेखीहरुले हाट जाँदा होस् या बण्डाल जानका लागि प्रयोगमा आउने प्राचीन पदमार्ग पहिल्याउँदै राउटे कर्णाली किनारमा झरेका छन् । यो नै कर्णाली चिसापानी, राजापुर बर्दिया, कैलाली झर्ने सबैभन्दा छोटो पदमार्ग हो ।


प्रकाशित : २०८१ जेष्ठ ४, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप