लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

सिरोहिया पक्राउ पर्दा डेमोक्रेसी कसरी खतरामा?: केपी ओली

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तारमा पर्दा लोकतन्त्रमा खतरा नपरेको दाबी गरेको छन्।

बिहीबार झापास्थित् एक सञ्चारमाध्यमलाई अन्तर्वाता दिँदै अध्यक्ष ओलीले कान्तिपुरका अध्यक्ष सिरोहिया गिरफ्तारमा पर्दा लोकतन्त्रलाई कसरी खतरा भएको भन्दै प्रश्न गरेका हुन्।

उनले भने,‘उनलाई कुनै जन्मकैद गर्न खोजेको होईन। उनको कुनै, यो सञ्चारमाथिको हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ या मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ। किन यो समाचार प्रकाशित गर्यो ? किन यस्तो बोल्यो भन्ने विषय त होईन। विषय अर्कै छ। त्यस सम्बन्धमा फौजदारी कुरा होला। त्यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने अनि कोही समाउँदाखेरि मन्त्री समाउँदाखेरि, उपप्रधानमन्त्री समाउँदा हल्लिन, कराउन दुनियाँ गर्न नपर्ने? एकजना मिडिया हाउसका मान्छे गिरफ्तार पर्दा डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त? यो सही वा गलत हो? म त्यता जान चाहन्नँ। टाईमिङ ठिक भयो कि भएन? त्यो बेग्लै कुरा होला। तर, डेमोक्रेसी नै खतरामा परिहाल्यो त? अब के सञ्चारका हकहरु खोसिएकै हुन त? यस्तो मिसइन्टरप्रेटेशन, गलत व्याख्या उपयुक्त हुँदैन्। जे यथार्थ हो, त्यही गर्नु राम्रो हो।”


प्रकाशित : २०८१ जेष्ठ १०, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप