लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

पहिलोपटक संसद्को रोस्ट्रममा उभिएर सुहाङले भने– बुवालाई यहीँ कतै देखिरहेको छु

नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पहिलोपटक संसद्‌मा सम्बोधन गरेका छन्। मंगलबार बजेटमाथिको छलफलमा भाग लिने क्रममा उनले पहिलोपटक संसदललाई सम्बोधन गरेका हुन्।

मंगलबार बजेटमाथि छलफल चलिरहेपछि सांसद नेम्बाङले आफ्नो पहिलोपटक भएको भन्दै सुरुमै उनले अन्य विषयमा पनि बोल्ने छुट हुने आशा राखे।

‘आज म पहिलोपटक संसद्को रोस्ट्रममा उभिएर बोलिरहेको छु। आज मलाई बजेटबाहिर रहेर पनि बोल्न पाइन्छ भन्ने लागेको छ,’ उनले भने।

त्यसपछि उनले आफूलाई जिताएर पठाउने इलामका जनताप्रति आभार व्यक्त गरे।

आज म इलामेलीवासीको कारणले छु। त्यसकारण मलाई विजयी गराएर पठाउने अति आदरणीय समुदायप्रति आभार प्रकट गर्दछु,’ सांसद नेम्बाङले भने।

लगत्तै, संसदको रोस्ट्रममा उभिएका नेम्बाङले बुवा सुवासचन्द्र नेम्बाङको सम्झना गरे।

 

‘भदौ २६ को अप्रिय घटनापश्चात म उपनिर्वाचन पश्चात पहिलो पटक जब संसद्मा छिरे र उभिएर बोलिरहेको छ, मलाई लागिरहेको छ, बुवा यहाँ कतै हुनुहुन्छ। बुवालाई सम्झिएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु,’ उनले भनेका छन्।


प्रकाशित : २०८१ जेष्ठ २२, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप