लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

‘जुनियर पार्टनर’ मा निर्भर मोदी, सरकार बनाउन चन्द्रबाबु नायडु र नितिश कुमार निर्णायक

प्रधानमन्त्री पदमा कायम रहन नरेन्द्र मोदीलाई गठबन्धनका साना पार्टीहरुको साथ चाहिने भएको छ।  भाजपाको एकल बहुमत नरहेपछि सरकार गठनका लागि दुई क्षेत्रीय पार्टीहरु तेलुगु देशम पार्टी र जनता दल युनाइटेड निर्णायक हुने भएका छन्।

सरकार बनाउन ५४३ सदस्यीय लोकसभामा २७२ सिट आवश्यक हुन्छ। तर, भाजपाले २४० सिट मात्र जित्ने देखिएको छ। अघिल्लो चुनावमा भाजपाले ३०३ सिट जितेको थियो।

एनडीए गठबन्धनमा भाजपापछिको ठूलो पार्टी आन्ध्र प्रदेशको टीडीपी बन्ने भएको छ। सो पार्टीले १६ सिट जित्ने देखिएको छ।

टीडीपीका नेता चन्द्रबाबु नायडु हुन्। विधानसभामा पनि भारी बहुमत ल्याएका उनी यहाँ मुख्यमन्त्री बन्नेछन्।

त्यस्तै, एनडीए गठबन्धनबाट जदयु तेस्रो पार्टी बन्दैछ। उसले लोकसभामा १४ सिट जित्ने देखिएको छ।

भाजपालाई बहुमत पु¥याउन यी दलको साथ अनिवार्यजस्तै देखिन्छ।

यसबाहेक एनडीएका अन्य दुई दलले ५–५ र थुप्रैले २ तथा १ सिट जितेका छन्। भाजपालाई तिनको पनि समर्थन महत्वपूर्ण हुनेछ।

निश्चय नै नायडु र नितिश कुमारलाई आफूतिर तान्न विपक्षी इन्डिया गठबन्धनले पनि कोसिस गर्नेछ। नतिजा सार्वजनिक भइरहँदा नै इन्डियाका नेताहरुले यी दुई नेतासँग कुराकानी गरेको खबर बाहिरिएका छन्।

 

यस्तोमा दशकौँ राजनीतिको खेलमा खारिएका यी नेताले आफूलाई फाइदा हुने गठबन्धन रोज्नेमा कुनै द्विविधा छैन।


प्रकाशित : २०८१ जेष्ठ २२, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप