लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

शान्ति वार्ताका लागि जेलेन्स्कीले राखे शर्त

जेनेभा । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले युक्रेनको क्षेत्राधिकारबाट बाहिरिएमा भोलि नै शान्ति वार्ताका लागि तयार रहेको बताएका छन् ।

‘पुटिनले युद्ध अन्त्य गर्दैनन् र उनलाई रोक्नु पर्छ, चाहे सैन्य कारबाही वा कूटनीतिक माध्यमबाट,’ जेलेन्स्कीले स्विट्जरल्याण्डमा युक्रेनले आयोजना गरेको शान्ति शिखर सम्मेलनको अन्त्यमा भने।

यसअघि इटाली र जर्मनीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि राखेका शर्त अस्वीकार गरेका थिए । पुटिनले युक्रेनमा युद्ध रोक्न दुईवटा शर्त राखेका थिए । पहिलो, युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरोज्यबाट आफ्ना सेना फिर्ता गर्नुपर्नेछ। दोस्रो, युक्रेन नेटोमा सामेल हुने छैन।

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शान्ति योजनालाई प्रोपागाण्डा भनेकी छन् । जर्मनीका चान्सलर ओलाफ स्कोल्ट्जले यो ‘तानाशाहको शान्ति’ भएको बताएका छन् ।

 


प्रकाशित : २०८१ असार ३, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप