लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

इरानमा राष्ट्रपतिको लागि दोस्रो चरणमा पेजेस्कियान र जलीली भिड्ने

 

सुर्खेत । इरानमा राष्ट्रपति चयनको लागि दोस्रो चरणको मतदान हुने भएको छ । चार उम्मेदवार प्रतिष्पर्धामा रहेको यस निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि जुलाई ५ मा दोस्रो चरणको मतदान हुने भएको हो ।

राष्ट्रपतीय निर्वाचनमा समाज सुधारक मसुद पेजेस्कियान र कट्टरपन्थी सईद जलिलीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

तेहरान टाइम्सका अनुसार मसुद पेजेस्कियानले कुल ४२.४३ प्रतिशत मत प्राप्त गरेका छन् भने जलिलीले ३८.६ प्रतिशत मत प्राप्त गरेका छन् ।  त्यस्तै मोहमद बाकेर क्वालिबाफले १३.७७ प्रतिशत मत प्राप्त गरेका छन् भने मोस्ताफा पोउरमोमदीले ८. ३९ प्रतिशत मत प्राप्त गरेका थिए ।

इरानी कानुन अनुसार कुनै पनि उम्मेदवारले चुनावमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेन भने दोस्रो चरणको निर्वाचन जून व्यवस्था छ । अब सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार पेजेस्कियान र जलीलीबीच प्रतिस्पर्धा हुने भएको छ ।

मे महिनामा इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि इरानमा राष्ट्रपतिको निर्वाचन भएको हो । राष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार मतदान भएको थियो ।

तर, निर्वाचनमा करिब ४५–५३ प्रतिशत मतदान भएकाले निर्वाचनप्रति जनतामा खासै उत्साह देखिएको थिएन । यो इब्राहिम रायसी राष्ट्रपति निर्वाचित हुँदा अघिल्लो चुनावमा ४८.८ प्रतिशतको तुलनामा चार दशकमा इरानको राष्ट्रपति चुनावमा सबैभन्दा कम मतदान थियो । मार्च र मेमा भएको संसदीय निर्वाचनमा पनि ४१ प्रतिशत मात्रै मतदान भएको थियो ।


प्रकाशित : २०८१ असार १६, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप