लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एनिमलपछि बलिवुडमा उदाएकी तृप्ति

 

बलिवुड फिल्म एनिमलबाट उदाएकी अभिनेत्री तृप्ति डिमरीले एकपछि अर्को फिल्ममा काम गरिरहेकी छन् । अहिले उनी आफ्नो आगामी फिल्म ‘ब्याड न्युज’ लाई लिएर चर्चामा छिन । यस फिल्ममा तृप्तिसँगै विक्की कौशल र एमी विर्क पनि मुख्य भूमिकामा रहेका छन् । यो फिल्म १९ जुलाईमा रिलिज हुँदैछ । यो फिल्मका निर्माता करण जोहर हुन् ।

ब्याड न्यूजमा आफ्नो कास्टिङ बारे तृप्तिले बताएकी छन्- ‘वास्तवमा त्यो दिन म धर्मा प्रोडक्सनको ट्यालेन्ट एजेन्सीमा आबद्ध थिएँ । एक दिन करण सरले भेट्न बोलाए । उहाँले मलाई आनन्द तिवारी सरसँग परिचय गराउनुभयो। जब आनन्द सरले फिल्मको कथा सुनाउनुभयो, म पुरै समय हाँसेर बसें । तर, त्यसपछि उनले कथन सुनेपछि फिल्म छनोट भइसकेको नसोच्ने बताए । अन्तिम निर्णय अडिसन पछि हुनेछ। भोलिपल्टै उनले फिल्मका तीन–चार दृश्य रेकर्ड गरे ।’

तृप्तिले फिल्मले तीनै पात्रको व्यक्तिगत यात्राको विषय अभिव्यक्त गरिएको बताएकी छन् । यस फिल्ममा तीन पात्रको प्रेमदेखि करियरमा प्रगतिसम्म, सबैतिर सफलताको सोच रहेको बताएकी छन् ।

उनले यस बर्ष उनका चार फिल्म रिलिज हुने बताएकी छन् ।

उनले एनिमल-२ को विषयमा आफुलाई निर्देशक सन्दीप रेड्डी वांगाले केहि नभनेको बताउदै आफुलाई अफर गरेमा अवश्य गर्ने बताएकी छन् ।

तृप्तिको ब्याड न्युजपछि धडक- २, भुल भुलैया-३, विक्की विद्याका वोह वाला, आशिकी- ३ जस्ता फिल्म आउदै छन् ।


प्रकाशित : २०८१ असार २२, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप