लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

युएसएड यात्राः बुटवलमा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल, २२ असारः अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)को ‘युएसएड लर्निड फर डेभलपमेन्ट आउटरिच क्याम्पियन’को दोस्रो दिन आज बुटवलमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

यहाँ आयोजित कार्यक्रममा कलाकारहरू कालिप्रसाद बाँस्कोटा, तुष्णा गुरुङ एण्ड कोल्याब, राजनराज शिवाकोटा, अफसर अली, सम्झना रणपाल तथा कुटुम्व ब्याण्डको प्रस्तुति थियो । नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन युसएडले शुक्रबारदेखि लुम्बिनी प्रदेशका विभिन्न स्थानमा ‘एसएड यात्रा’ सुरु गरेको  हो ।

यात्रामा सांस्कृतिक कार्यक्रमका साथै चित्रकला, विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने जनाइएको छ । युसएडले नेपालमा गरिरहेको सहयोगबारे पनि जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

युएसएडले लुम्बिनी प्रदेशका सबै जिल्लामा स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण तथा उत्थानशीलता, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रमा राष्ट्रिय र स्थानीयस्तरका २० भन्दा बढी परियोजना सञ्चालन गरिरहेको छ ।

संयुक्त राज्य अमेरिका र नेपालबीचको झण्डै आठ दशकदेखि दौत्य सम्बन्ध रहँदै आएको छ । युएसएडले विगत ६३ वर्षभन्दा बढी समयदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ ।

युएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रममार्फत १० लाखभन्दा बढी महिलाको जीवनमा प्रत्यक्ष योगदान पुर्याएको छ भने थप ५० लाख महिलाले विभिन्न कार्यक्रममार्फत अप्रत्यक्ष रूपमा लाभ लिइसकेका छन् ।

सन् २००० देखि युएसएडले नेपालको विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिकाको सशक्तीकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रमा रु एक खर्ब ९६ अर्बभन्दा बढीको सहयोग गरिसकेको छ ।

युएसएड यात्राको पहिलो कार्यक्रम कपिलवस्तुको वाणगङ्गाको शिवपुरबाट सुरु गरिएको थियो भने बुटवलपछि दाङको लमही, बाँकेको कोहलपुर तथा नेपालगञ्ज हुँदै काठमाडौँमा पुगेर समापन हुने जनाइएको छ ।


प्रकाशित : २०८१ असार २३, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप