लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बलिउडमा भेदभावबारे मनिषाको आक्रोष

मुम्बई । अभिनेत्री मनिषा कोइराला सञ्जय लीला भन्सालीको सिरिज हीरामण्डीमा मल्लिकाजानको भूमिका निर्वाह गरेर चर्चामा छिन् । हालै नायिकाले आफ्नो करियरको सुरुवाती दिनको बारेमा कुरा गरेकी छिन् ।

त्यतिबेला नायक–नायिकाका लागि फरक–फरक नियम हुने गरेको अभिनेत्रीले बताइन् । यदि नायकको धेरै केटीहरूसँग सम्बन्ध थियो भने, उसलाई माचो भनिन्थ्यो, तर नायिकाहरूलाई उनीहरूको सम्बन्ध गोप्य राख्न भनिन्थ्यो ।

अभिनेत्रीले रक्सी पिउने विषयलाई पनि लुकाएर राख्नुपर्ने भन्दै मानिसहरूले यो अभिनेत्रीलाई सुहाउँदैन भन्ने गरेको पनि बताइन् । कोइरालाले हालै फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा भनिन्, ‘फिल्म सौदागरको छायांकनका क्रममा म कोकमा भोड्का मिसाएर पिइरहेको थिएँ । यसैबिच, म रक्सी पिउँदैछु भनेर कसैलाई नभन्नु, किनभने यो अभिनेत्रीलाई सुहाउँदैन भन्ने कुरा मलाई वरपरका केही व्यक्तिले भने । म कोक मात्र पिउँदै छु भनेर सबैलाई बताउन भनियो । त्यो दिन मैले यो नयाँ कुरा सिके।’

अभिनेत्रीले थप भनिन्, ‘मैले यो कुरा मेरी आमालाई सुनाएँ । यसको जवाफमा उहाँले भन्नुभयो, ‘सुन, यदि तिमी रक्सी पिउँदै छौँ भने रक्सी पिउँदै छु भन, कोक पिउँदै छु नभन । यस्ता स-साना कुरामा झुट नबोल ।’

कोइरालाले पनि आफूलाई कुनै पनि सम्बन्ध लुकाउन मन नलागेको भएपनि मानिसहरुले आफ्नो सम्बन्ध गोप्य राख्न सुझाव दिने गरेको पनि बताइन् । उनले भनिन्, ‘यदि म कसैलाई डेट गर्दैछु भने म डेट गर्दैछु । यदि तपाईं मलाई यसमा जज गर्न चाहनुहुन्छ भने, अवश्य पनि अगाडि बढ्नुहोस् र जज गर्नुहोस्। म यस्तै छु, आफ्नो इच्छा अनुसार जिउने छु ।

अभिनेत्रीले भनेकी छिन्, ‘त्यतिबेला मैले निकै आलोचना पनि भोग्नुपरेको थियो किनभने नायकको धेरै गर्लफ्रेन्ड हुनसक्ने भएकाले र उनलाई माचो भनिन्थ्यो, तर अभिनेत्रीले आफूलाई कसैले छोएको पनि छैन भनेर भन्नुपर्थ्यो ।’

यसप्रति आक्रोश व्यक्त गर्दै मनिषाले भनिन्, ‘मेरो ब्वायफ्रेन्ड छ, यसको मतलब म जीवनमा अनप्रोफेशनल छु भन्ने होइन । त्यतिबेला अभिनेत्रीहरूका लागि धेरै जटिल मापदण्डहरू थिए, जुन मलाई ठिक लाग्दैनथ्यो ।’

मनिषा कोइरालाले सन् १९९१ मा सुभाष घई निर्देशित फिल्म सौदागरबाट अभिनयमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनी गुप्त, दिल से, अकेले हम अकेले तुम जस्ता फिल्ममा काम गरिन् ।

ब्रेकपछि मनिषा कोइरालाले सञ्जु र शहजादा जस्ता फिल्ममा सहायक भूमिका निर्वाह गरेकी छिन् । उनी हिरामण्डी सिरिजमा मल्लिकाजनको भूमिका निर्वाह गरेर अहिले चर्चामा छिन् । हिरामण्डीको दोस्रो सिजन छिट्टै आउँदैछ ।

 


प्रकाशित : २०८१ असार २४, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप