लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भारतको आगरा-लखनऊ एक्सप्रेस-वेमा दुर्घटना, १८ जनाको मृत्यु

सुर्खेत । भारतको उत्तर प्रदेशको उन्नावमा भएको सडक दुर्घटनामा बसमा सवार १८ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशको आगरा-लखनऊ एक्सप्रेसवेमा उन्नावबाट आइरहेको स्लीपर बस दुर्घटना भएको हो । यो बस दुधको ट्यांकरसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको हो ।

ट्यांकरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको भारतीय मिडियाहरुले प्रहरीलाई उदृत गर्दै उल्लेख गरेका छन् । ट्यांकरसँग ठोक्किएपछि बस एक्सप्रेसवेमा पल्टिएको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार स्लीपर बस बिहारको सीतामढीबाट मोतिहारी हुँदै दिल्ली गइरहेको थियो । दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला प्रशासनलाई घटनास्थलमा पुग्न र राहत कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा १४ पुरुष, २ महिला र २ बालबालिका रहेका छन् ।


प्रकाशित : २०८१ असार २६, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप