लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

आजदेखि महिला एशिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

 

काठमाडौँ । आज देखि महिला एशिया कप शुरु हुदै छ । आजदेखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एशिया कपमा एशिया ८ देशले भाग लिदै छन् ।

भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्दै छन् ।

एशिया कपमा नेपाल समुह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समुह ए मा रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल एसिया कपको उदघाटनकै दिन आज युएईविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदै छ । त्यस्तै आज अर्को खेल समुह समुह ए कै भारत र पाकिस्तानबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदै छ ।

नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।

एशिया कप खेल्ने नेपाली टिम:

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।


प्रकाशित : २०८१ श्रावण ४, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप