लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारी, लामा मुख्यमन्त्री बन्दै

बसन्त भण्डारी / हेटौँडा | बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दावी पेश गर्दैछन्। सोमबार नै दावी पेश गर्ने योजना भए पनि मन्त्रालयको भागबण्डा र नेकपा एमाले भित्रको आन्तरिक समस्याका कारण यो कार्यक्रम स्थगित भएको थियो।

नयाँ सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने भएका छन्। यस सहमतिपछि आज बिहान ११ बजे लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बहुमतको सरकार गठनका लागि मङ्गलबारसम्मको समय दिएका थिए । सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन्। प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको जानकारी प्राप्त भएको छ।


प्रकाशित : २०८१ श्रावण ८, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप