लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

कर्णाली सरकारमा कांग्रेस सहभागी हुँदै, को-को बन्दै छन् मन्त्री ?

सुर्खेत । कर्णालीमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेश प्रमुखको पदभार ग्रहणपछि कांग्रेस आज नै सरकारमा सहभागी हुने सम्भावना रहेको  बताए ।

नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले बिहीबार राष्ट्र«पतिबाट शपथ लिएर आज सुर्खेत आउँदै छन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीका अनुसार बिहान ९ बजेपछि नयाँ प्रदेश प्रमुखको पदभार ग्रहण कार्यक्रम रहेको छ ।

कांग्रेस प्रमुख सचेतक विष्टले प्रदेश प्रमुखको पदभार ग्रहणपछि आज नै कांग्रेसले सरकारमा सहभागिता जनाउने करिब निश्चित जस्तै रहेको बताए ।

यद्यपि को–को मन्त्री बन्दै छन् भन्ने कुरा उनले खुलाएनन् । ‘मन्त्री बन्नेहरूको नाम माथिबाट आउँदै छ,’उनले भने, ‘आएपछि हामी मुख्यमन्त्रीलाई बुझाउँछौ, उहाँले प्रदेश प्रमुखलाई बुझाउनुहुन्छ ।’

विष्टका अनुसार निलम्बित कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले मन्त्रीको लागि अन्तिम नामावली पठाउनेछन् ।

स्रोतका अनुसार कांग्रेसबाट राजीव विक्रम शाहको नेतृत्वमा घनश्याम भण्डारी, सुरेश अधिकारी र विजया बुढा मन्त्री बन्ने सम्भावना छ ।

‘अहिलेसम्म उहाँहरूको चर्चा छ, पछि शपथ लिने बेलासम्म केही चेञ्ज पनि हुन सक्ला,’स्रोत भन्छ, ‘यदि नभए उहाँहरू चार जना नै हो ।’

चारमध्ये तीन जना संस्थापन पक्षधर छन् भने सुरेश अधिकारी इतर पक्षधर हुन् । ८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमालेले सम्हालिरहेको छ भने चारवटा कांग्रेसले सम्हाल्ने छ ।


प्रकाशित : २०८१ श्रावण १८, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप