लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कैँची हराएपछि जापानमा दर्जनौँ उडान रद्द

टोकियो । सप्ताहान्तमा जापानको एउटा विमानस्थलमा ३६ वटा उडान रद्द गरियो । अरू २०१ वटा उडानमा ढिलाइ भयो । विमानस्थलको बोर्डिङ गेट नजिकै रहेको एउटा पसलबाट एक थान कैँची हराएपछि शनिबार होक्काइदोको न्यू  चितोस विमानस्थलको घरेलु टर्मिनलमा करिब २ घन्टा सुरक्षा जाँच बन्द गरियो ।

यसो गर्दा सयौँ यात्रीहरू अलपत्र परे । दोहोर्‍याएर सुरक्षा जाँच गर्नु परेपछि प्रस्थान कक्षमा यात्रीको ताँती लागेको थियो । अधिकारीहरू पसलबाट हराएको कैँची खोज्ने प्रयासमा व्यस्त थिए । तर कतै पनि कैँची भेटिएन । केही घण्टापछि सेवा सुचारु गरियो ।

भोलिपल्ट सोही पसलमा उक्त कैँची भेटिएको उक्त विमानस्थल सञ्चालक कम्पनी होक्काइलो एयरपोर्टले सोमबार बताएको थियो । पसलमा काम गर्ने एक कामदारले सो कैँची फेला पारेको बताइएको छ ।

भेटिएको कैँची हराएको भनेर खोजिएकै हो भन्ने पुष्टि नहुँदासम्म यसको सूचना जारी नगरिएको अधिकारीहरूले बताएका थिए । यातायात मन्त्रालयले यो घटनाको कारणबारे छानबिन गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन होक्काइदो एयरपोर्टलाई निर्देशन दिएको छ ।

न्यू चितोस जापानको सबैभन्दा व्यस्त विमानस्थल हो । सन् २०२२ मा यहाँबाट डेढ करोडभन्दा धेरैले हवाई यात्रा गरेका थिए ।


प्रकाशित : २०८१ भाद्र ४, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप