लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

जापानमा एक्लोपनको डरलाग्दो रिपोर्ट: ६ महिनामा एक्लै बस्ने ३७ हजारको मृत्यु

 

सुर्खेत । जापानमा यो वर्षको पहिलो ६ महिनामा करिब ४० हजार मानिसहरु घरमा एक्लै मरेका छन् । यो तथ्याङ्क जापानी प्रहरीले सार्बजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार तीमध्ये करिब ४ हजार जनाको शव मृत्यु भएको एक महिनापछि फेला परेको थियो भने १३० जनाको शव झण्डै एक वर्षपछि भेटिएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार हाल जापानमा सबैभन्दा बढी वृद्ध जनसंख्या रहेको छ । साथै एक्लोपन पनि गम्भीर समस्याको रुपमा आएको छ । जापानी प्रहरी एजेन्सीले प्रतिवेदनले देशमा एक्लै बस्ने र एक्लै मर्न बाध्य हुने वृद्धवृद्धाहरूको समस्यालाई उजागर गर्न मद्दत गर्ने आशा गरेको छ ।

राष्ट्रिय प्रहरी एजेन्सीको तथ्यांक अनुसार गत जनवरीदेखि जुन सम्मको तथ्यांक विश्लेषण गर्दा घरमा एक्लै बस्ने करिब ३७ हजार २२७ व्यक्ति मृत अवस्थामा फेला परेका छन् । यी मध्ये ७० प्रतिशत व्यक्ति ६५ वा माथिका थिए ।

करिब ४० प्रतिशत मानिसको शव एकै दिनमा फेला परेको छ भने करिब ३९३९ जनाको शव मृत्यु भएको एक महिनापछि भेटिएको छ ।

जापानी सार्वजनिक टिभी नेटवर्क एनएचकेका अनुसार पुलिस एजेन्सीले यो तथ्याङ्क सरकारी समूहलाई दिनेछ जसले दाबी नगरिएको मृत्युको अनुसन्धान गरिरहेको छ ।

यस वर्षको सुरुमा, जापानिज राष्ट्रिय जनसंख्या र सामाजिक सुरक्षा अनुसन्धान संस्थानले भनेको थियो, ‘देशमा ६५ वर्ष र माथिका नागरिकहरूको संख्या २०५० सम्ममा १०.८ मिलियन पुग्न सक्छ ।’


प्रकाशित : २०८१ भाद्र १६, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप