लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

इजरायलमा नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन शुरु

 

सुर्खेत  । इजरायलमा बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ । गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि यी प्रदर्शनहरू सुरु भएका हुन् । प्रधानमन्त्री नेतन्याहुको सरकारले बन्धकहरुको रिहाईका लागि हमाससँग सम्झौता गर्नुपर्छ भन्ने जनताको माग छ ।

हातमा इजरायली झण्डा बोकेर तेल अवीव, जेरुसेलम र अन्य धेरै सहरहरूमा प्रदर्शनकारीहरू निस्किएका थिए । उनीहरूले प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्ने काम नगरेको आरोप लगाएका छन् ।

गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौं मानिसलाई बन्धक बनाएको थियो ।

आइतबार शान्तिपूर्ण रुपमा आन्दोलन सुरु भएको हो । तर भीडले पछि पुलिस अवरोधहरू तोड्यो र तेल अवीवका प्रमुख राजमार्गहरू अवरुद्ध गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हडतालको घोषणा गरेको छ । बन्धकहरुको रिहाईका लागि सरकारले जतिसक्दो चाँडो हमाससँग सम्झौता गर्नुपर्ने उनीहरुको माग छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार दक्षिणी गाजाको रफाहमा सुरुङमा छवटा शव फेला पारेको बताएको थियो । शनिबार आइडीएफले उनीहरूसम्म पुग्नुअघि नै बन्धकहरूलाई मारेको थियो ।


प्रकाशित : २०८१ भाद्र १७, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप