लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

प्रधानमन्त्री ओलीले गुमाए ७६ हजार फेसबुक फलोअर्स

 

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहका समर्थकले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान चलाएका छन् ।

मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो । कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरको सचिवालयले दाबि गरेको थियो । त्यसपछि मंगलबारनै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए । त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न शुरु गरेका हुन् ।

मंगलबार प्रधानमन्त्री ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार यो समाचार तयार गरुन्जेल ५ लाख ९० हजार पुगेको छ । अहिलेसम्म उनलाई ७६ हजारले अनफलो गरेका छन् ।

बालेनले भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।

सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए । सो पोष्ट हटेपछि शुरु भएको विवादले अब एक अर्काका पेज अनफलो गर्ने अभियानसम्म पुगेको छ ।


प्रकाशित : २०८१ भाद्र १९, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप