लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे

 

क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा गरेर एक अर्ब फलोअर्स नाघेका हुन् ।

हालै युट्युबमा आएका रोनाल्डोले कैयौं किर्तिमान तोड्दै अहिलेसम्म ६ करोड भन्दा बढी फलोअर्स बनेका छन् ।

रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिने व्यक्ति हुन् । उनको इन्स्टाग्राममा मात्र ६३ करोड ८० लाख अर्थात ६३८ मिलियन फलोअर्स रहेका छन् । उनका फेसबुक, एक्ससहितका सबै च्यानल गरेर एक अर्ब फलोअर्स पुगेका हुन् ।

यस अवसरमा रोनाल्डोले सबै मिलेर इतिहास बनाएको उल्लेख गर्दै पोर्चुगलको मादेरियाबाट विश्वको यस स्टेजसम्म आइपुग्दा आफु सधै आफ्नो परिवार र आफुलाई माया गर्ने फ्यानहरुको लागि खेलिरहेको बताएका छन् ।

साथै उनले अबको यात्रा पनि सबै एक अर्ब फलोअर्ससँग साथमा गर्ने उल्लेख गर्दै आफ्नो उत्कृष्ट खेल आउन अझै बाँकी रहेको बताएका छन् ।

आगामी फेब्रुअरीमा ४०औ जन्मदिन मनाउने तयारी गरिरहेका रोनाल्डोले आफुलाई पोर्चुगल र आफु खेल्ने क्लबका लागि सधै उपलब्ध गराउदै आएका छन् । उनी विश्वमा अहिलेसम्म सबैभन्दा बढी ९०१ गोल गर्ने खेलाडी हुन् ।


प्रकाशित : २०८१ भाद्र २८, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप