लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

हिजबुल्लाहविरुद्ध आवश्यक कारवाही गर्न तयार छौँ- नेतान्याहु

 

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सुरक्षालाई ध्यानमा राख्दै लेबनानसँग सीमा जोडिएका गाउँहरूमा बसोबास गर्न इजरायलले आवश्यक कदम चाल्ने बताएका छन्।

हिजबुल्लाहसँग बढेको तनावलाई सम्बोधन गर्दै नेतन्याहूले सामाजिक सञ्जाल प्लेटफर्ममा पोस्ट गरिएको भिडियो सन्देशमा भने, ‘६० हजार इजरायलीहरूले नजिकैका क्षेत्रहरूबाट आफ्नो घर छोड्नु परेको छ ।’ उनले भने, ‘त्यसपछि हिज्बुल्लाहले एक दिन पनि हामीमाथि आक्रमण गर्न छोडेको छैन ।’ नेतान्याहुले भनेका छन्, ‘कुनै पनि देशले आफ्ना सहरमा बम विष्फोट सहने छैन, हामी पनि सहने छैनौँ ।’

गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि इजरायल र हमासबीच द्वन्द्व चलिरहेको छ ।

एकातिर इजरायलले आफ्नो दक्षिणी सिमाना नजिकै हमासलाई हटाउने प्रयास गरिरहेको बेला अर्कोतर्फ हिजबुल्लाहले पनि इजरायललाई आफ्नो उत्तरी सिमाना र लेबनानको दक्षिणी सिमानाबाट आक्रमण गर्न थालेको छ । यद्यपि, विगतका महिनाहरूमा इजरायलले हिजबुल्लाहका स्थानहरूलाई पनि निशाना बनाएको छ।

यसै साता लेबनानमा सञ्चार उपकरणमा भएको विष्फोटपछि इजरायली रक्षामन्त्रीले सेना उत्तरतर्फ अघि बढिरहेको बताएका छन् ।


प्रकाशित : २०८१ आश्विन ७, सोमबार : प्रकाशित

ताजा समाचार
  • १०
  • खोज खबर बिसेष
    थप