लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र

अफ्रिका, २४ असोज । संयुक्त राष्ट्र बाल एजेन्सीका अनुसार विश्वभरी आठमध्ये एक बालिका र युवतीले बलात्कार र यौन हिंसा सहेका छन्, जसमा सबैभन्दा बढी पीडित उप(सहारा अफ्रिकामा रेकर्ड गरिएको छ।

 

युनिसेफले बालबालिका विरुद्धको यौन हिंसा सम्बन्धी आफ्नो पहिलो विश्वव्यापी अनुमान प्रकाशित गरेको छ, द्वन्द्व र असुरक्षाले ग्रस्त उप सहारा देशहरूमा ७९ मिलियन केटीहरू बलात्कृत हुने गरेका छन । जुन संख्याको पाँच मध्ये एक १९ वर्षको उमेर नपुग्दै यौन दुर्व्यवहार वा बलात्कारको अनुभव गरेको छ।

 

‘यो डरलाग्दो छ,’ केन्याको नैरोबीमा रहेको युनिसेफका बाल हिंसा विशेषज्ञ नन्काली मकसुदले भने, ‘यो पुस्ताको आघात हो।’

 

यौन दुव्र्यवहारको आघात भोगेका केटीहरू प्रायः विद्यालयमा सिक्न असमर्थ थिए, उनले भनिन्।

 

युनिसेफको अनुमान छ कि विश्वव्यापी रूपमा  यौन हिंसाले लगभग ३७० मिलियन अर्थात ८ मध्ये एक केटी र युवतीहरूलाई असर गरेको छ।

 

बुधवार प्रकाशित एजेन्सीको रिपोर्ट अनुसार अनलाइन वा मौखिक दुर्व्यवहार जस्ता यौन हिंसाका गैर सम्पर्क प्रकारहरूलाई ध्यानमा राख्दा संख्या ६५० मिलियन वा पाँच मध्ये एकमा पुग्छ।


प्रकाशित : २०८१ आश्विन २५, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप