लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

१६ वर्षीया किशोरीसँग विवाह गर्दै गरेको अवस्थामा सुनसरीबाट ३ चिनियाँसहित ८ जना पक्राउ

सुनसरीको बराहक्षेत्रबाट १६ वर्षीया किशोरीलाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गरेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । ३ जना चिनियाँ नागरिकसहित ८ जनालाई पक्राउ गरिएको सुनसरीका एसपी सुमन तिम्सिनाले  बताए ।

कानुनअनुसार २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्न र गराउन पाउने व्यवस्था छ । किशोरीलाई प्रलोभनमा पारेर चिनियाँसँग विवाह गराउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले जानकारी दिए ।

धनकुटाको छ थर जोरपाटी–२ घर भएकी १६ वर्षीया बालिकासँग आरोपीहरूले चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेलका ३३ वर्षीय लि टेङसँग विवाह गराउँदै थिए । पक्राउ पर्नेमा किशोरीका बुवा, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर घर भएका दीपक दर्जी, बद्रीविक्रम राई, स्याङ्जा घर भएका शीतल गुरुङ, काभ्रे घर भएकी रोशनीमाया तामाङ, चिनियाँ नागरिक डोङ शिहाओ र वु हेजी छन् ।


प्रकाशित : २०८१ कार्तिक ८, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप