लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न : एनआरएनलाई वंशजको नागरिकता दिन लागेको हो ?

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद एकपछि अर्को घटनाले नङ्ग्याएको बताएका छन् । समाजमा आफूलाई राष्ट्रवादी देखाउने तर व्यवहारमा ओली राष्ट्रघाती रहेको साहको दाबी छ ।

उदाहरणको रूपमा गैरआवासीय नेपाली नागरिकको माग र त्यसलाई दिएको महत्त्व रहेको उनले बताए  ।”केपी ओली गैरआवासीय नेपाली नागरिकलाई वंशजको नागरिक दिनुपर्ने मागमा सकारात्मक देखिन्छन्” साहले मंगलबार आयोजित एक कार्यक्रममा उनले , “जो यो देशको नागरिक त्यागेर विदेशी भयो त्यसलाई नेपालको वंशजको नागरिकता दिनुपर्ने ? नेपालको पैतृक सम्पत्तिलाई चोर बाटोबाट विदेश पुर्‍याउनेहरुलाई देश विकासका संवाहक देख्ने प्रधानमन्त्री कसरी राष्ट्रवादी ?”

 

गत आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) ग्लोबल कन्क्लेभ तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  विकासका लागि गैरआवासीय नेपालीको भूमिका रहेको बताएका थिए ।

 

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीलाई नागरिकता नै दिए पनि त्यसको उपयोग हुन नसकेको बताएका थिए । प्रधानमन्त्री ओलीले भनेका थिए,  ‘संविधानमै भएको व्यवस्था कार्यान्वयन गर्न आवश्यक संशोधन आगामी अधिवेशनमा संसदमा लैजान सक्छौँ।’


प्रकाशित : २०८१ कार्तिक १३, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप