लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

‘केटी जिस्क्याएको’ निहुँमा दुई देउसे समूहबीच झडप

दैलेख । दैलेखको आठविस नगरपालिकाको रार्कमकर्णालीमा देउसी भैलो खेल्दै गरेका दुई समूहबीच विवाद हुँदा झडप भएको छ । उनीहरूबीच सामान्य विवाद हुँदा एक आपसमा लडेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

भैली खेलिरहेको केटीलाई जिस्काएको विषयलाई लिएर दुई समूहबीच राकममा झडप भएको स्रोतले जनाएको छ।अहिले अवस्था सामान्य भएको र इलाका प्रहरीमा आक्रमण गर्न खोज्ने तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

झडपमा दुवै समूहबाट चार–पाँच जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । देउसी खेल्ने विषयमा सामान्य विवाद हुँदा दुई समूहबाट केही सामान्य घाइते भएको र तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) सुनिल दाहालले जानकारी दिए ।


प्रकाशित : २०८१ कार्तिक १७, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप