लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कहिलेसम्म संसारको अग्लो रहिरहला सगरमाथा ? जित्दैछ पाकिस्तानको यो हिमालले

सगरमाथा पृथ्वीको सबैभन्दा अग्लो शिखर हो । तर के यो सधैंभरि नै सबैभन्दा अग्लो हिमालको रुपमा रहिरहला ?

यो कुरा थाहा पाउनका लागि हामीले पहाडहरुको निर्माण कसरी हुन्छ ? भन्ने कुरा बुझ्नु पर्दछ । जब दुईवटा टेक्टोनिक प्लेटहरु एक आपसमा ठक्कर खान्छन् तब पहाडको निर्माण हुन्छ । टेक्टोनिक प्लेटहरु एक अर्काको तल जान्छन् र त्यसको माथिल्लो हिस्सा अर्थात् पृथ्वीको बाह्यमण्डल वा क्रस्टले उचाइ हासिल गर्दछ ।

यो एउटा सामान्य परिभाषा हो पहाड निर्माणको । तर यसमा विभिन्न अरु पक्षहरुले पनि काम गर्दछन् । टकरावको तीव्रता, क्रस्टको तापमान तथा मोटाइ आदि ।

यदि तपाईं क्रस्ट अर्थात् पृथ्वीको सबैभन्दा बाहिरी सतहलाई उदाहरणको रुपमा कुनै तरल पदार्थ अर्थात् जेलजस्तै मान्नुभयो भने यसलाई बुझ्न सहज हुन्छ । चिसो जेल धेरै माथि उठ्न सक्दछ । तर तातो जेल भने कम उठ्दछ ।

एबरदिन विश्वविद्यालयका जियोलोजिस्ट रब बटलरका अनुसार वास्तवमा सगरमाथा हरेक वर्ष झनै अग्लो बनिरहेको छ । सगरमाथाको आसपासमा लगातार भइरहेको भूक्षयका कारण उसको उचाइ बढिरहेको छ । हालै प्रकाशित भएको एक शोध अनुसार सगरमाथा भन्दा ७२ किलोमिटर टाढा एउटा नदी सञ्जाल छ । त्यसका कारणले ८९ हजार वर्षमा सगरमाथा ४९ देखि १६४ फिट माथि उठिसकेको छ ।

युनिभर्सिटी कलेज लण्डनका जियोलोजिस्ट म्याथ्यू फक्सका अनुसार भूक्षयका कारण सगरमाथा मात्र होइन, कैयन् पहाडको उचाइ बढ्न जान्छ । तर कहिलेकाहीँ घट्न पनि सक्दछ । भूक्षय र माथि उठ्ने प्रक्रिया अर्थात् अपलिफ्टको दरमा हुने अन्तरमा यो निर्भर गर्दछ । अपलिफ्ट दर धेरै भएमा पहाड माथि उठ्दछ । जबकि भूक्षय दर धेरै भएमा त्यो तल धस्सिन्छ ।

विश्वको नबौं अग्लो तथा सगरमाथाको छिमेकी हिमाल नंगा पर्वत पनि निकै तीव्र दरमा माथि उठिरहेको छ । सुदूर भविष्यमा एकदिन नंगा पर्वत सगरमाथा भन्दा पनि अग्लो हुनेछ । यसका लागि सो हिमालको आसपास भइरहेको भूक्षय मुख्य जिम्मेवार छ । सगरमाथाको माथि उठ्ने दर नंगा पर्वतको भन्दा कम छ । हाल नंगा पर्वत भन्दा सगरमाथा केवल २ हजार फिटमात्रै अग्लो छ ।

बटलरका अनुसार आगामी १ करोड वर्षसम्म हिमालयका पहाडहरु झनै अग्ला हुनेछन् । किनकि यी हिमालको तल रहेका टेक्टोनिक प्लेटहरु लगातार एक अर्कालाई धकेलिरहेका छन् । अर्को कुरा हिमालयको तलको क्रस्ट चिसो छ । त्यसैले पनि यो अझै माथि उठ्नेछ । त्यसैगरी यहाँ मनसुनका कारण भूक्षय पनि भइरहन्छ ।

जसरी तपाईंले कुनै जेलजस्तै वस्तुलाई हत्केलामा राखेर जोडसँग थिंच्नुभयो भने त्यो औँलाको बीचबाट बाहिर निस्किन्छ, कुनै चुचुरो जस्तै । ठीक त्यसै प्रकारले पहाडसँग पनि कुनै विकल्प हुँदैन । आफ्ना आसपासमा भइरहेका भूक्षयका कारण पहाडहरु माथि उठिरहेका छन् ।

बटलरका अनुसार भविष्यमा कुनैपनि पर्वत सगरमाथा भन्दा अग्लो बन्न सक्दछ । यद्यपि सगरमाथा भन्दा केही मिटर वा केही सय मिटर मात्रै अग्लो बन्ने कुरा सम्भव हुनसक्छ । तर यदि सगरमाथा भन्दा कुनै पर्वत १० किलोमिटर अग्लो हुनेछ भनेर कसैले भन्यो भने त्यो करीब असम्भव तथा भयावह नै हुनेछ ।


प्रकाशित : २०८१ कार्तिक १९, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप