लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सुर्खेतमा फोर्स गाडी दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

शुक्रबार दैलेखबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी वीरेन्द्रनगर-१४, को रातानाङ्ग्लामा दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, डीएसपी वीरेन्द्रवीर विश्वकर्माले  जानकारी दिए।

उनका अनुसार घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पठाएको छ। घाइतेमध्ये ५/६ जनाको अवस्था चिन्ताजनक रहेको डीएसपी विश्वकर्माले बताए।

शुक्रबार दिउँसो करिब १ : ४० बजेतिर भएको दुर्घटनामा फोर्स गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।


प्रकाशित : २०८१ कार्तिक २३, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप