लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

इलन मस्कलाई जिम्मेवारी दिन ह्वाइट हाउसमा नयाँ विभाग

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले विश्वकै धनाढ्य इलन मस्कलाई जिम्मेवारी दिन ह्वाइट हाउसमा नयाँ विभाग सिर्जना गरेका छन्।

मंगलबार एक सन्देश जारी गर्दै ट्रम्पले मस्क र विवेक रामास्वामीलाई जिम्मेवारी दिन ह्वाइट हाउसमा नयाँ विभाग सिर्जना गरिएको जानकारी दिएका छन्।

नयाँ सिर्जना गरिने विभागको नाम ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी’ भनिएको छ।

‘यी दुई अद्भुत अमेरिकीहरूले मेरो प्रशासनमा कर्मचारीतन्त्र, अनावश्यक खर्च कटौती गर्नेबारे अतिरिक्त नियमनहरू घटाउनेबारे, संघीय एजेन्सीहरूको पुनर्संरचनाका लागि मार्गप्रशस्त गर्नेछन्,जुन सेभ अमेरिका अभियानका लागि आवश्यक छ,’ ट्रम्पले सन्देशमा भनेका छन्।

मस्कले ह्वाइट हाउसमा के जिम्मेवारी पाएका हुन् उनले ट्रम्प प्रशासनमा रहेर कस्तो काम गर्ने हो भन्ने विषय खुलिनसकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्र

यसपालि मस्कले समर्थन गरेकै कारण ट्रम्पले ऐतिहासिक जित निकालेको भनिएको छ। ट्रम्पलाई जिताउन मस्कले २०० मिलियन अमेरिकी डलर खर्च गरेका थिए। ट्रम्पले चुनावअघि नै मस्कलाई ह्वाइट हाउसमा महत्वपूर्ण जिम्मेवारी दिने भनेका थिए।

जितपछिको सम्बोधनमा पनि ट्रम्पले मस्को प्रशंसा गर्दै उनलाई सुपर जिनियस भनेका थिए।

सोही विभागमा जिम्मेवारी पाएका रामास्वामी रिपब्लिकनबाटै यसपलि राष्ट्रपति उम्मेदार बनेका थिए।  पछि उनले ट्रम्पलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।


प्रकाशित : २०८१ कार्तिक २८, बुधबार : प्रकाशित

ताजा समाचार
  • १०
  • खोज खबर बिसेष
    थप