लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

शेख हसिनाविरूद्ध रेड नोटिस जारी गर्न बंगलादेशले गर्‍यो इन्टरपोलमा पत्राचार

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध रेड नोटिस जारी गर्न विशेष अदालतले इन्टरपोलमा पत्राचार गरेको हो।पूर्वप्रधानमन्त्री हसिनाले प्रदर्शनकारीको हत्या गरेको कसुरमा मंगलबार रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार गरेको एसोसिएटेड प्रेसले जनाएको छ।

सरकारी वकिल बिएम सुल्तान महमुदले प्रहरी प्रमुखमार्फत इन्टरपोलमा पत्राचार गरेको समाचारमा उल्लेख छ। आरक्षणसम्बन्धी प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिएर भारत पुगेकी थिइन्। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन्।

त्यसपछि अगष्ट ८ मा नोबल पुरस्कार बिजेतासमेत रहेका मुहम्मद युनुसलाई अन्तरिम सरकार प्रमुख बनाएको थियो।गत कात्तिकमा बंगलादेशको विशेष अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई नोभेम्बर १८ सम्म अदालतमा हाजिर हुन आदेश दिएको थियो।

१५ वर्षसम्म सत्तामा रहेकी उनीविरूद्ध मानवताविरूद्धको अपराध कसुरमा पुर्जी जारी भएको थियो। प्रदर्शनको क्रममा मानव उल्लंघन, ठूलो समूहलाई पक्राउ र उनका राजनीतिक प्रतिस्पर्धीको गैरन्यायिक हत्या समेत गरेको आरोप छ।

अदालतले हसिनाको अवामी लिग पार्टीका पूर्वमहासचिव ओबाइदुल क्वेदरसहित ४४ जनाविरूद्ध पुर्जी जारी गरेको थियो। अन्य ४४ जनाको नाम भने सार्वजनिक भएको छैन। हसिनाको सत्ताच्यूत भएपछि दर्जनौं साथीहरूलाई पक्राउ गरेको थियो।


प्रकाशित : २०८१ कार्तिक २८, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप