लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अन्तरिक्षमा तीव्र गतिमा घट्दैछ सुनिताको तौल ?

वासिङ्टन डीसी । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी विल्मोर बुच ८ दिनका लागि भनेर अन्तरिक्षमा गएका थिए । तर उनीहरूको यो बसाई केही दिन वा हप्ता मात्रै होइन महिनौँसम्म लम्बियो । अब सन् २०२५ को फेब्रुअरीमा मात्रै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका यी दुई अन्तरिक्ष यात्री पृथ्वीमा फर्कनेछन् ।

दुवै अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा आफ्ना दिनहरू बिताइरहेका छन् । यसैबिच सुनिताको एउटा फोटो भाइरल बनेपछि उनको स्वास्थ्य अवस्थाबारे अनेकौँ अड्कलबाजी र अफवाह चलेको थियो । यस विषयमा सुनिताले जवाफ दिएकी छिन् ।

सार्वजनिक भएको तस्बिरमा उनी निकै पातली दुब्ली देखिएपछि उनको स्वास्थ्य अवस्था खस्किएको हल्ला चलेको थियो । तौल घटेको अफवाहबिच सुनिताले नासासँग कुरा गरेकी छन् ।

‘मलाई लाग्छ कि मेरो तौल उस्तै छ, तर शरीरमा केही परिवर्तन आएको छ ।’ नासाले सन् २०२४ को जुनमा मा ८ दिनका लागि सुनिता र बुचलाई आइएसएसमा पठाएको थियो ।

नासासँगको कुराकानीमा सुनिताले आईएसएसमा अनेक परिवर्तन हुने बताइन् । उनले भने– ‘मेरो तौल घटिरहेको भन्ने अफवाह छ । तर मेरो तौल जति थियो, त्यति नै छ । यहाँ पनि हामी आफ्नो तौल नाप्छौँ । मेरो अनि बुचको तौल उति नै छ, जति हामी यहाँ आउँदा थियो’ उनले भनिन् ।

पाँच महिनादेखि छन् अन्तरिक्षमा

सुनिता र बुच करिब पाँच महिनादेखि आईएसएसमा छन् । दुबै जनालाई लिएर गएको बोइङ स्टारलाइनरबाट हिलियम चुहिएको अनि केही थ्रस्टरमा खराबी देखिएपछि नासाले सोही यान ठिक पारेर दुबैलाई फर्काउन खोजेको थियो । तर यसमा कुनै सफलता हात नपरे पनि नासाले कुनै जोखिम मोल्न चाहेन ।

सो विमान सेप्टेम्बर ६ मा रित्तै पृथ्वीमा फर्किसकेको छ । यी दुईलाई ल्याउन अमेरिकी खर्बपति व्यापारी एलन मस्कको स्पेस एक्सको ड्र्यागन क्रु क्याप्सुल पठाइएको छ । यान आगामी वर्षको फेब्रुअरीमा पृथ्वीमा फर्किनेछ ।


प्रकाशित : २०८१ कार्तिक २९, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप