लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सार्वजनिक स्थानमा हाफ पाइन्ट लगाएर नहिँड्न साउदीमा रहेका नेपालीलाई आग्रह

साउदी अरेबियास्थित नेपाली राजदूतावासले सार्वजनिक स्थानमा छोटा हाफ पाइन्ट लगाएर नहिँड्न नेपालीहरूलाई अनुरोध गरेको छ । केही दिनमा सार्वजनिक स्थानमा सुन वा अन्य धातुको सिक्री, ब्रासलेट तथा हाफ पाइन्ट लगाएको कारण कतिपय नेपालीहरू जरिवानामा परेको जनाउँदै दूतावासले त्यस्तो नगर्न भनेको हो ।

साउदीको कानुन अनुसार सार्वजनिक स्थानमा छोटा हाफ पाइन्ट लगाएर हिँड्न, सार्वजनिक स्थान तथा प्राथनाको समयमा ठुलो आवाजमा गाना बजाना गर्न, सार्वजनिक स्थानमा थुक्ने लगायतका फोहोर हुने कार्य गर्न, ज्येष्ठ नागरिक तथा अशक्तलाई छुट्टाएको स्थान ओगट्ने कार्य गर्न पाइँदैन ।

त्यस्तै लाइन मिच्ने, अमर्यादित चित्र भएका वा भेदभाव प्रवर्द्धन गर्ने वा यौनजन्य हाउभाउ भएका वा तडकभडक देखिने पोसाक तथा गहना (खासगरी पुरुषहरूले) लगाउन, अरूलाई तर्साउने वा डराउने खालको क्रियाकलाप गर्न समेत निषेध गरिएको छ ।

ट्राफिक दुर्घटना तथा अपराधजन्य घटनाको फोटो तथा भिडियो खिच्न एवं अमर्यादित ठानिएका तथा साउदीको समाजलाई अप्रिय लाग्ने वा सार्वजनिक शिष्टाचार तथा नैतिकताको प्रतिकुल हुने कार्य गर्न निषेध गरिएको छ ।

यस्ता कार्य गरेमा पाँच हजार साउदी रियालसम्म जरिवाना तथा थप सजाय हुने साउदीको कानुनी व्यवस्था छ । त्यसैले सार्वजनिक स्थानमा त्यस्ता कार्य नगर्न राजदूतावासले सचेत गराएको हो ।

saudi


प्रकाशित : २०८१ कार्तिक २९, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप