लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एनपीएलको टिकट बिक्री शुरू, कुन टिकटको कति पर्छ?

यही मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल), क्रिकेट प्रतियोगिताका लागि टिकट बिक्री खुला गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलका लागि आज सोमबार राति ८ बजेदेखि टिकट बिक्री शुरू गरेको हो । टिकट खल्ती एपमार्फत खरिद गर्न सकिने क्यानले जनाएको छ।

एनपीएलका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन् ।

क्यानले उद्घाटन खेल, प्लेअफ र फाइनल खेलका लागि छुट्टाछुट्टै दररेट निर्धारण गरेको छ। सामान्यतया टिकटको मूल्य ३०० देखि १००० सम्म छ भने सिजनल पासमा १० प्रतिशत छुट प्रदान गरिएको छ।

उद्घाटन खेलमा साधारणतर्फ ३०० र भीआईपीतर्फ ७०० निर्धारण गरिएको छ भने प्लेअफ र फाइनलबाहेकका अन्य खेलमा साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० रूपैयाँ निर्धारण गरिएको छ ।

प्लेअफका खेलमा साधारणतर्फ ५०० र भीआईपीतर्फ ७०० तथा फाइनल खेलमा साधारणतर्फ ५०० र भीआईपीतर्फ १०० निर्धारण गरिएको छ।

सिजनल पासतर्फ साधारणको ४ हजार ४८० र भीआईपीको ८ हजार २४० रूपैयाँ निर्धारण गरिएको छ।


प्रकाशित : २०८१ मंसिर १०, सोमबार : प्रकाशित

ताजा समाचार
  • १०
  • खोज खबर बिसेष
    थप