लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

युरियाको विकल्पमा अर्गानिक मल, भैरहवामा रत्नमको उत्पादन शुरू

कृषि उत्पादनका लागि ठूलो समस्याका रूपमा रहेको मल अभावलाई कम गर्ने उद्देश्यसहित भैरहवामा व्यावसायिक रूपमा अर्गानिक मल उत्पादन शुरू भएको छ ।

रुपन्देहीका उद्योगी सिद्धार्थ अग्रवालले ३० करोड लागतमा रत्नम दानेदार अर्गानिक मल उत्पादन गरेर बजारमा ल्याएका हुन् । उर्वर भूमि रुपन्देहीको रोहिणी गाउँपालिकामा अग्रवालले सञ्चालन गरेको ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिद्वारा उत्पादन गरिएको मल बजारमा आएको छ ।

हरेक वर्ष अन्नबाली लगाउने समयमा किसानले मल नपाउने गुनासोलाई आफ्नो उद्योगबाट उत्पादिन मलखादले केही हदसम्म भए पनि सम्बोधन गर्ने उद्योगी अग्रवालले बताए । माटोको उर्वराशक्ति बढाउन नाइट्रोजन, फस्फोरस र पोटासियम मुख्य तत्वसहितको मल उत्पादन गरी बजारमा ल्याइएको उनले बताए ।

पाँच बिगाहा क्षेत्रफलमा उद्योग स्थापना गरी दैनिक २०० मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट रहेको अग्रवालले जानकारी दिए । मलको बजार मूल्य ५० किलोको १ हजार ५०० रूपैयाँमा रहेको छ । सरकारबाट विक्री वितरण अनुमति पाएपछि आफ्नै पालिकाबाट उद्योगले मल वितरण थालेको अग्रवाले जानकारी दिए ।

‘परीक्षणबाट राम्रो रिजल्ट आयो, त्यसपछि हामी व्यावसायिक रूपमा अगाडि बढ्यौं’, उनले भने, ‘मल प्रयोग गरेको जग्गामा प्रतिकठ्ठा २०० किलोसम्म धान उत्पादन भएको छ । देशमा मलको हाहाकार भएको बेलामा स्थानीय उद्योगले टेवा दिने गरि कृषि ज्ञान केन्द्रलाई सहयोग गरेका छौं ।’

उत्पादनको छोटो समयमा नै बजारमा माग बढी आएको उनी बताउँछन । ‘हामीले अर्गानिक तरिकाले बनाएका कारण धेरै माग भइरहेको छ’ अग्रवालले थपे ।

उद्योगको आफ्नै ल्याबमा गुणस्तर जाँच हुनुका साथै सरकारको आधिकारिक ल्याबमा समेत परीक्षणपछि मात्र बजारमा पठाउने गरिएको अग्रवाल बताउँछन् ।

ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिका निर्देशक पुनम अग्रवालले कोभिडको महामारीको समयमा मल अभाव हुँदा गुणस्तरहीन मल प्रयोगबाट जमिनको उर्वराशक्ति कमजोर भएको बताइन् । अब आफ्नै देशमा उत्पादित अगार्निक मललाई निरन्तरता दिन जरुरी रहेको बताइन् । ‘हामीले अब गुणस्तरलाई ध्यान दिन जरुरी छ’, उनले भनिन्, ‘माटोको उर्वराशक्ति बढाउने ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिको रत्न मल गुणस्तरीय छ ।’

नेपालसँगै भारतमा समेत निर्यात हुन थालेको बताउँदै उनले हाल बागमती, गण्डकी र मधेश प्रदेशमा मलको माग आइरहेको पुनमले बताइन् । गण्डकी प्रदेशका किसानबाट मलको राम्रो प्रशंसा पाएको उनको दाबी छ । यसका साथै छिमेकी देश भारतका किसानले पनि मल खरिद गरेर लगेको उनले जानकारी दिइन् । हाल उद्योगमा ४० जना स्थानीय युवाहरूले रोजगार पाएका छन् ।


प्रकाशित : २०८१ मंसिर १३, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप