लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

गढीमाई मेलाकाे सुरक्षामा कुनै कमी हुने छैनः गृह मन्त्री लेखक

बारा, १९ मंसीर । गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गरेका छन् ।

 

बुधवार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा निरीक्षण गरेका हुन । गृहमन्त्री रमेश लेखले गढीमाई मन्दिरका पुजारीको हातबाट टिका र प्रसाद समेत ग्रहण गरेका छन् ।

 

विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तर एउटै ठूलो पहिचान दिएकोले गढीमाई मन्दिरको संरक्षण लगाएत मेलालाई सभ्य र भब्य बनाउनमा नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री रमेश लेखकले बताए । गढीमाई मेलालाई ब्यवस्थित बनाउनको लागि आफुले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाकी नरहने गरि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताए ।

 

गढीमाई मेला पाँच बर्षमा एक पटक लाग्ने भएकोले मेलामा दर्शनार्थीहरुको चाप बढी हुने गरेकोले सुरक्षामा कुनै कसर बाकी नरहने आवश्यक परेमा थप सुरक्षाकर्मीलाई मेलामा खटाईने गृहमन्त्री रमेश लेखकले सन्चारकर्मीहरुसंगको कुराकानिमा बताए । गृहमन्त्रीले सुरक्षा ब्यवस्थापनमा गृह मन्त्रालयले कुनै कमि बाकी नरहने प्रतिबद्धता समेत गरेका छन ।

 

साथै, महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवसँग गृहमन्त्रीले गढीमाई मेलाको अवलोकन गरेर सुरक्षा ब्यवस्थापनको बारेमा जानकारी लिएका थिए ।

 

विश्व प्रसिद्ध गढीमाई मेलामा अहिले दर्शनार्थीहरुको चाप बढेको छ । गत मंसिर १ गते देखि सुरु भएको गढीमाई मेला मंसिर ३० गतेसम्म चल्ने छ ।

 

 


प्रकाशित : २०८१ मंसिर २०, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप